निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालततका बहालवाला न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका छन्।
सर्वोच्चमा बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाए पनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन्। ‘महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीशले बयानका क्रममा कतिपय न्यायाधीशरुको नामसते मुछेकाले हाम्रो ध्यानाकर्षण भएको छ।
आज हामी बैठक बसेर महाभियोग सिफारिस समितिले बोलाए पनि बैठकमा सहभागी नहुने निर्णय गरेका छौं,’ सर्वोच्चका एक न्यायाधीशले अन्नपूर्णसँग भने।
महाभियोग समितिले जबराले नाम मुछेका न्यायाधीशहरुलाई भोलि (बिहीबार) ८:३० बजे बस्ने बैठक उपस्थिति हुन भनेको थियो। सोही सम्बन्धमा समितिलाई पत्र लेख्दै अदालतको पूर्ण बैठककबाट उपस्थित हुन नमिल्ने जानकारी गराएको हो।
‘सो सम्बन्धमा ‘महाभियोगसम्बन्धी कारबाही पक्रिया सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल-जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणको सिद्धान्त र
नेपालको संविधानले अंगीकार गरेका मान्यताहरु समेतका कुनै पनि दृष्टिले संविधानसम्मत्, उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकाले सोही बेहोरा जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने,’ कामु मुख्य राजिष्ट्रार नारायणप्रसाद पन्थीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ।





















Discussion about this post