मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो महिनामा सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । कुनै कुराले मनमा शान्ति छाउला । शेयर बजार या व्यापार व्यवसायमा औसत लाभ हुनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
असोज महिनामा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । छरछिमेकमा सम्पन्न हुने धार्मिक, सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मध्य महिनाबाट आफ्नो विचार विपरित निर्णय हुन सक्छ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । नाक तथा घाँटीमा समस्या आउला । प्रेमी / प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । मध्य महिनामा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । घर, जग्गा खरिद तथा बिक्रीको योग छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिनामा राम्रो फल मिल्नेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेमीको सहयोग पाइनेछ । सन्तानबाट सुख मिल्ला । कृषि क्षेत्रको काममा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिनामा सहकार्यको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन, तर महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने छ । महिनाको अन्त्यमा लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिनामा तपाईंको राशिबाट बाह्रै भावमा सूर्यले भ्रमण गर्नाले त्यति राम्रो फल मिल्नेछैन । घर परिवारमा झैझमेलाको अवस्था आउला । खर्च पनि बढ्नेछ । महिनाको अन्त्यमा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । कुटुम्बबाट विशेष सहयोग मिल्ने र नयाँ योजना बन्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शुभकार्यको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक कार्यको योजना बन्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । १७ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
असोज महिना इच्छा र आकाङ्क्षा पूर्ण हुने भएको छ । यो महिना धेरै सकारात्मक महिना रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । महिनाको उत्तरार्धबाट महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने र कार्यमा बाधा आउला ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
असोज महिनामा कला र गलाको प्रभाव बढ्दै जानेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सामाजिक कार्य अघि बढ्नेछ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिनामा तपाईंको राशिबाट आठौँ भावमा सूर्यले भ्रमण गर्नाले विविध समस्या आउन सक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । व्यर्थको सास्ती पनि खेप्नु पर्ला । १५ गतेबाट समय राम्रै रहला । ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
असोज महिनामा सेवा मूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । जोशजाँगर र हिम्मत बढ्ला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
















Discussion about this post