अछाम पहिरोमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ११ जना अझै बेपत्ता (नामावली)

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ । शुक्रबार राति खसेको पहिरोमा पुरिएका उनीहरूको सनाखत भएको छ ।

अछामका तिनै पालिकामा गरी मुत्यु हुनेको संख्याया २२ पुगेको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले जानकारी दिए ।

पहिरोमा पुरिएर ढकारी गाउँपालिका–६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका–५ की १७ वर्षीया जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनीषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही, २१ वर्षीया भावना शाहीको मृत्यु भएको छ ।

यस्तै, कमलबजार नगरपालिका–६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको पहिरोमा पुरिएर मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयले अछामले जनाएको छ ।

यसैगरी, कमलबजार नगरपालिका–८, ढुंगलाका २६ वर्षीय गम्भीर दमाईं, २३ वर्षीया भाना दमाईं, ६ वर्षीय डिग्रा दमाई, तीन वर्र्षीय कलु दमाईं र चार वर्षीया कल्पना दमाईको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।

घाइते हुनेमा ढकारी गाउँपालिका–६ का ६२ वर्षीय हर्क बुढा, २१ वर्षीया चन्द्रदेवी बुढा, १२ वर्षीय घर्म बुढा, कमलबजार नगरपालिका–६ का ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्रसिंह कामी, १२ वर्षीया कल्पना कामी, १२ वर्षीया ममता कामी, १० वर्षीय सुशील कामी, दुई वर्षीया सफलता कामी, ३८ वर्षीय डिक्रा कामी र सोही ठाउँमा ६५ वर्षीय खटी दमाईं रहेको उनले बताए । पहिरोमा परी अझै ११ जना बेपत्ता रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित