सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ। अछाममा शुक्रबार राति पहिरोमा पुरिएर २१ जनाको मृ’त्यु भएको छ।
पहिरोमा दुईजना बेपत्ता भएका छन्। कैलालीमा बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका–६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घर पहिरोले पुर्दा एकै परिवारका सातजनाको मृ’त्यु भएको छ भने सातजना घाइते भएका छन्।
यसैगरी अछामकै कमलबजार–८ डुङ्लाका खिउरे दमाईको घरमा पहिरो खस्दा परिवारका पाँचजनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ। परिवारका मूली खिउरे घाइते भएका छन्।
त्यस्तै अछामको तुर्माखाँदा गाउँपालिका–५ नाडाका नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर पहिरोले बगाउँदा आठजनाको मृ’त्यु भएको छ भने एकजनाको अवस्था अज्ञात छ।
जिल्लाकै ढकारी गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा दुई वर्षीय नवीन बुढाको मृ’त्यु भएको छ भने तीनजना घाइते भएका छन्। यता अविरल वर्षाका कारण आएको बाढीले बगाएर कैलालीको धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँ बस्ने १९ वर्षीया नवीना चौधरीको मृ’त्यु भएको छ
भजनी नगरपालिका–८ का ५५ वर्षीय कालुराम चौधरीलाई मोहना नदीमा आएको बाढीले बगाएको छ। बाढीले कैलाली र कञ्चनपुरमा १ हजारभन्दा बढी घर डुबानमा पर्नुका साथै सयौं परिवार विस्थापित भएका छन्।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।





















Discussion about this post