संसद् विघटन गर्नेलाई होइन, जनताले कांग्रेसलाई भोट दिन्छन् : प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि आसन्न निर्वाचनबाट नेपाली कांग्रेसले नै ‘म्यान्डेट’ पाउने दाबी गरेका छन्।

लौहपुरुष गणेशमान सिंहको २५औं स्मृति दिवसका अवसरमा आज शोभा भगवतीमा आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई मत दिने दाबी गरेका हुन्।

संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको जिकिर सिंहले गरे। स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरी काम गर्नुपर्नेमा सिंहले जोड दिए।

सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडबारे छलफल भइरहेकाले छिट्टै निकास निस्कने सिंहको भनाइ छ। गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ’, उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो।’

गणेशमान सिंहले देखाएको बाटो हिँड्न सके मात्र लोकतन्त्र बलियो हुने उनले बताए। गणेशमान सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेता सिंहले नेपाली राजनीतिमा गणेशमान सिंहको योगदानको चर्चा गरे।

यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।

भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित