अछाममा पहिरो परी मृ’त्यु हुनेको संख्या २२ पुग्यो, एक अझै बेपत्ता

अछाम : जिल्लामा पहिरो परी मृ’त्यु हुनेको संख्या २२ पुगेको छ। एकजना अझै वेपत्ता छन्। गत शुक्रबार राति आएको पहिरोमा पुरिएका २२ जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरिक्षक नारायण डाँगीका अनुसार एकजनाको खोजी कार्य जारी छ । मृ’त्यु हुनेमा तुर्माखाँद गाउँपालिका ५ का एकैपरिवारका ४५ वर्षीया नेत्रबहादुर शाही,उनकी पत्नी ३५ वर्षीया मनिषा देवी शाही,१७ वर्षीया छोरी बिमला शाही,१६ वर्षीया भतिजी जानकी शाही रहेका छन् ।

सोहि ठाउँका रितबहादुर शाहीकी बुहारी २३ वर्षीया भावना शाही,२० वर्षीया कल्पना शाही,१२ छोरा वर्षीय सुन्दर शाही,नातिनी ३ वर्षीया करिश्मा शाही र १ वर्षीया मेलिना शाही रहेका छन् । रितबहादुर,पत्नी गौरा र दुई छोरा भारतमा रहेका छन् ।

कमलबजार नगरपालिका ८ का एकै परिवारका पाँच जनाको मृ’त्यु भएको छ। २६ वर्षीया गम्भीरे दमाई,२३ वर्षीया उनकी श्रीमती भाना दमाई, छोरीहरु ६ वर्षीया डिक्रा,४ वर्षीया कल्पना र ३ वर्षीया कलु दमाई रहेका छन् ।

त्यसैगरी सोहि पालिकाको वडा नम्बर ६ का एकै परिवारका तीन बहिनी २२ वर्षीया संजिता जनाला,१९ वर्षीया सरिता जनाला र १४ वर्षीया गीता रहेका छन् । त्यसैगरी ३६ वर्षीया मैनकला कामी,२१ वर्षीया बुहारी धना कामी,छोरा ९ वर्षीय निखिल कामी,र १५ वर्षीया छोरी सिर्जना कामी रहेका वडा अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए ।

पहिरोमा परी मृत्यु हुनेमा ढकारी गाउँपालिका ६ का २ वर्षीय नविन बुढा रहेका छन् । उनकी आमा २१ वर्षीया चन्द्रादेवी बुढा,६२ वर्षीया हजुरबुबा हर्क बुढा,१२ वर्षीया दाजु धर्म बुढालाई उपचारका लागी हेलिकोप्टरमार्फत सुर्खेत पठाइएको छ ।

ढकारी गाउँपालिकाका १ का ४५ वर्षीय मोति बुढा जैशी अझै बेपत्ता रहेका छन् । पहिरोमा परी घाइते भएका कमलबजार नगरपालिका ६ का ८५ वर्षीय भक्त कामी,४२ वर्षीय ईन्द्र सिंह कामी,१२ वर्षीया कल्पना कामी, १० वर्षीय सुशिल कामी, ६५ वर्षीय खण्टी दमाई उपचारपछि घर फर्किएका छन् ।

कमलबजार नगरपालिका ६ का ३८ वर्षीय डिक्रा कामी, १२ वर्षीय ममता कामी र २ वर्षीय सफलता कामीको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित