नागरिकता विधेयक प्रमाणीकरण अश्विकार गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीमाथि राजीनामाको दबाब बढेको छ ।
पूर्व राष्ट्रपति डा. रामबरण यादवले पनि भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् । संचारमाध्यमसँग कुरा गर्दै पूर्व राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भण्डारीले अनुचित कदम चालेको बताएका हुन् ।
आफ्ना केही व्यक्तिगत असन्तुष्टि भए पनि संविधानको संरक्षकका रुपमा त्यसको पूर्ण पालना गर्नु राष्ट्रपतिको कर्तव्य भएको भन्दै यादवले यो विषय न्यायिक परीक्षणको विषय समेत बन्ने बताए ।
संसद रहेको भए यो विषय महाअभियोगको विषय बन्ने भन्दै पूर्व राष्ट्रपति यादवले अबको विकल्प भने राष्ट्रपति भण्डारीको राजीनामा भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ गरिमायम संस्थामा बसेर मनोमानी गर्न मिल्दैन अब उहाँले पद छोड्नुभयो भने सहज बाटो हुन्छ।’
संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।
यो पनि पढ्नुहोस
यदि तपाई प्रधानमन्त्री हुनुभयो भने सबैभन्दा पहिलो राम्रो काम के गर्नुहुन्छ ?यस शीर्षकमा लेख लेखेर हामीलाई पठाउनुहोस उत्कृष्ट लेख र योजना लेख्ने ५ जना लेखकलाई हामी पुरस्कृत गर्नेछौ ।
भने टप १० लेखलाई अर्को शनिबार हाम्रो नयाँ शृंखला शनिबार विशेषमा प्रकाशित गर्नेछौ । नेपालको संविधान-२०७२ बमोजिमको संघीय तथा प्रादेशिक निर्वाचन आउन अब धेरै पर छैन । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको छ ।





















Discussion about this post