दशैंको बेला मासुको हड्डी अड्किने जोखिम निकै हुन्छ । रक्सी खाएको बेला होस् वा अरुबेला, हतारमा मासु खाँदा हड्डी अड्कन सक्छ । यस्तो समस्या बुढापाका एवं बालबच्चामा पनि हुनसक्छ ।
खासगरी माछाको हड्डी अड्कने समस्या धेरै देखिन्छ । यद्यपि खसी, लोकल कुखुरा आदिको हड्डी अड्किएर उपचारै गराउनुपर्ने स्थिती पनि आउन सक्छ । माछाको भन्दा पनि कुखुरा वा खसीको हड्डी अड्किएमा त्यो बढी जटिल हुनसक्छ ।
हड्डी कुन ठाउँमा अड्किएको हो त्यो कुरा सबैभन्दा पहिले थाहा पाउनु जरुरी हुन्छ । श्वास नलिमा हड्डी अड्किएको हो भने घुचुकमा हिर्काएर त्यो हड्डी निकाल्ने गरिन्छ, जुन आम विधी हो ।
तर, खाना खाने नलीमा अड्किएको हो भने त्यसको प्राथमिक उपचार केही पनि छैन तुरुन्त अस्पताल पुगेर चिकित्सकको सल्लाह अनुसार उपचार गर्नुपर्छ ।घाँटीमा अड्किएको हड्डी कुनै बेला घाँटी छेडेर अड्किएको हुन्छ भने कहिले श्वास नलिमा सिधा भएर तथा तेस्रिएर बस्न सक्छ ।
दाँत नभएका व्यक्ति, राम्ररी नचपाई खाना निल्ने व्यक्ति र मादक पदार्थ सेवन गर्दा मासु खाने व्यक्तिहरूमा हड्डी अड्कने सम्भावना बढी हुने विभिन्न तथ्याङ्कहरूले देखाएको छ । त्यसैले मासु खाँदा यस्ता व्यक्तिहरूले अलि सचेत भएर मासु खानुपर्छ ।
घाँटीमा हड्डी अड्कियो भने यसको उपचार शल्यक्रिया नै हो । अवस्था अलि जटिल छैन भने सामान्य शल्यक्रिया घाँटीमा पाइप पसाएर हड्डी निकालिन्छ । जटिल अवस्था छ भने सिजरियन शल्यक्रिया नै गर्नुपर्छ ।
घाँटीमा हड्डी अड्किएको उपचार भनेको नै शल्यक्रिया हो । हड्डी कुन अवस्थामा अड्किएको छ त्यसलाई हेरेर शल्यक्रिया गर्नुपर्छ । हड्डी अड्कियो भने गाउँघरमा सुकेको गुराँस र केरा पनि खान दिइन्छ । केरा तथा गुराँस खाएर अड्किएको हड्डी निस्कन्छ भनेर प्रमाणित छैन । यो तरिका कति ठीक हो भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान पनि भएको छैन ।





















Discussion about this post