असोज १९ गते बुधबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
झै झगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्मयोगमा अभिवृद्धि हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । विवादले मन खिन्न तुल्याउन सक्छ । विभिन्न अवसर प्राप्त हुनेछन् । रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला । प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ । विभिन्न उपहार समेत पाइएला । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । व्यावहारिक झमेला आइलाग्न सक्छन् । तर अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आँटले जटिल कामसमेत सम्पादन हुन सक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । इच्छा शक्ति बढ्नुका साथै चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ । पारिवारिक जमघटको फाइदा उठाउँदै विभिन्न परिकारको आनन्द लिन पाइनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिन्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
विश्वास गरेकाले धोका दिनेछन् भने साथीभाइहरू टाढिन सक्छन् । परिस्थितिको बन्धनमा परिने योग भएकाले सजग रहनुहोला ।धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि, सुख दुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन् । बोली व्यवहारमा सजग रहनुहोला । हिसाब किताबमा सावधान नहुँदा विवादमा परिन्छ । मान सम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
सहयोगीहरू जुट्नाले काममा फाइदा उठाउन सकिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । ठूलो लगानीबाट कम मात्र फाइदा हुनेछ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ । अरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुख दुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । मेहनत गर्दा पढाइलेखाइमा प्रगति हुने समय छ । खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । खर्च बढ्नाले समस्या उत्पन्न हुन सक्छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नजिकका आफन्त टाढिन सक्छन् विशिष्ट जनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
नाता गाँस्नेहरूले केही दुःख दिनेछन् । रोकिएका काममा दोहोर्याएर प्रयास गर्दा फाइदा हुनेछ । समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ । धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
धार्मिक एवम् सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । पहिलेको उपलब्धिले काममा उत्साह जोगाउनेछ । पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन् । रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित