के प्रेममा छन् अभिनेत्री बेनिशा र विशाल ?

निर्देशक विशाल भण्डारी जो अहिले फिल्म कम टेलिभिजन शोमा बढी देखिन्छन्। अर्की नायिका बेनिशा हमाल जो फिल्म क्षेत्रमा जम्न बढो सङ्घर्षमा छिन्।

भण्डारीले निर्देशन गरेको फिल्म चलोस् या नचलोस् वा बेनिशा हमालले अभिनय गर्ने फिल्म चलोस् या नचलोस् यी दुईको सम्बन्धबारे चर्चा भने अहिले नि उस्तै गतिमा चल्छ।

गसिप बजारमा विशालको परिवारबाट बेनिशाको नाम समेत लिन प्रतिबन्ध लागेको चर्चा फिल्मी बजारमा छरिएको छ। नाम मात्र हैन उनले त बेनिशालाई छक्का पन्जाको सिरिजमा सिफारिस गरेकै समाचार बाहिरियो।

उनले धेरै ठाउँमा यो समाचार सत्य हैन भन्ने दाबी गरेका पनि छन्। तर हो हैन त्यो त विशाल अनि बेनिशा जानकार छन् नै। प्रसङ्ग फ्लप कमेडी रोस्ट शो ‘मा कस्सम याँ दुख्छ’ को हो जहाँ यो पाली हिमेश पन्तसँगै विशाल पनि गेस्ट बनेर गए।

हिमेश कमेडी च्याम्पियनका निर्देशक अनि हिमेश पहिलो शोकै विजेता। अहिले विशाल कमेडी क्लब विद् च्याम्पियनको निर्माणसँगै होस्ट पनि गर्छन्। पहिलो शोमा बिक्की अग्रवाल थिए। एकाएक उनले छाडे। होस्ट बन्न आइपुगे विशाल।

विशाललाई आफ्नै शोको गेस्ट बनाएर बिक्कीले बेनिशासँगको सम्बन्धबारे मुख खोल्न लगाए। पहिला उनले ८-९ वर्षदेखि चिनेको बेस्ट फ्रेन्ड भएको दाबी गरे।बिक्कीले सोधे’बेस्ट कि बेस्ट बेस्ट फ्रेन्ड? विशालले भने बेस्ट बेस्ट फ्रेन्ड।

बिक्कीले छक्का पन्जाको सिफारिसको प्रसंग जोड्दा उनले जसले लेखेको हो उसको रिसर्च नपुगेको दाबी गरे। जे दाबी गरे पनि उनले बेनिशा बेस्ट हैन बेस्ट बेस्ट फ्रेन्ड भएको भने स्विकारे। त्यसबापत घरमा स्वागत भयो कि दण्ड उनै जानुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित