हत्केलाको यस्तो निशानले बनाउँछ मालामाल, माता लक्ष्मीको विशेष कृपा !

कतिपय मानिसहरूले कडा परिश्रम गरेर पनि पर्याप्त धन पाउन सक्दैनन्। कोही मानिसले माटो छुने बित्तिकै सुनमा परिणत हुन्छ। अर्थात् थोरै मेहनतले धेरै पैसा कमाउँछन्।

यस्ता मानिसहरु छोटो समयमा नै सफलताको उचाइमा पुग्छन्। अपार धन कमाउँछन् र संसारका सबै सुख सुविधाको आनन्द लिन सफल हुन्छन्। व्यक्तिहरूको हातमा केही विशेष रेखाहरू हुन्छन्,

जसले देखाउँछ कि उनीहरूलाई सधैँ धनकी देवी लक्ष्मीको अपार आशीर्वाद रहन्छ। आउनुहोस् जानौँ ती रेखाहरू कुन हुन् जसले मानिसलाई छिट्टै धनी बनाउँछ। हातका यी रेखाले तपाईंलाई धनी बनाउँछ

हस्तरेखा शास्त्रमा हातका केही रेखा, चिन्ह, आकृति, पर्वतलाई निकै शुभ मानिएको छ। जसको हातमा यी रेखाहरू हुन्छन्, उनीहरूले जीवनमा अथाह सम्पति कमाउँछन्।

जुन मानिसको हत्केलामा बृहस्पति, शुक्र, चन्द्रमा र बुध पर्वत उठेको हुन्छ, उनीहरुको हातमा राजलक्ष्मी योगको निर्माण हुन्छ। यो योगले मानिसलाई कम उमेरमै धेरै धनको मालिक बनाउँछ।

जसको हातमा चन्द्रमा पर्वतबाट भाग्य रेखा निस्कन्छ, त्यस्ता व्यक्तिले धन मात्रै होइन कीर्ति पनि पाउँछन्। त्यस्ता व्यक्तिहरुको धार्मिक कार्यमा पनि झुकाव हुन्छ।

विरलै मानिसको हातमा एकभन्दा बढी भाग्यरेखा हुन्छ। यदि शनि ग्रहले पनि शुभ फल दिन्छ भने यी व्यक्तिको जीवनमा अपार धन, सुख र समृद्धि प्राप्त हुन्छ। हरेक कुरामा सफलता पाउँछन्।

यो भन्न सकिन्छ कि भाग्यको पूर्ण साथ मिल्छ। जसको हातमा जीवन रेखाबाट भाग्य रेखा निस्कन्छ, त्यस्ता मानिस अपार धनको मालिक बन्छन्। उनीहरुको जीवनमा कहिले पनि कुनै कुराको कमी हुँदैन।

अर्कोतर्फ, जसको हातमा झण्डा, चक्र, स्वस्तिक, कमल, माछा जस्ता शुभ चिन्हहरू छन्, तिनीहरू पनि धेरै भाग्यशाली हुन्छन्। यी व्यक्तिहरूमा माता लक्ष्मीको विशेष कृपा हुन्छ। यी मानिसहरूले आफ्नो जीवनमा धेरै धन-सम्पत्ति-वैभव प्राप्त गर्छन्। यी व्यक्तिहरू कुनै ठूलो पदमा पुग्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित