माता लक्ष्मीको प्रिय हुन यस्ता कुरामा ध्यान दिनुहोस

शुक्रबार जन्म लिने मानिसमा शुक्र ग्रहको प्रभाव हुन्छ। यस ग्रहले मानिसको जीवनमा सुन्दरता र भोग विलासको क्षेत्रमा प्रभाव पार्छ। वास्तवमा शुक्रबारको दिन जन्मिने मानिसको स्वभाव कस्तो हुन्छ त ?

यस दिन जन्मेका मानिसहरू धेरै सुन्दर, आकर्षक र मीठो बोलिका हुन्छन्। जे कुरा पनि सरल र सीधा तरीकाले भन्न रुचाउने यिनीहरु कुनै पनि प्रकारको बहस वा लडाईबाट टाढा नै रहन मन पराउँछन्।

यी मानिस मनोरन्जन र सौन्दर्य उत्पादनहरूमा बढि खर्च गर्छन् जसका कारण कहिलेकाँही आर्थिक सन्तुलन पनि विचलित हुन सक्छ। यिनीहरु जीवनमा धन्य हुन चाहन्छन्। सुन्दर हुनुको साथ यिनीहरू सहनशील, चलाख र भावनात्मक हुन्छन्। यी व्यक्तिहरु परिस्थिति अनुसार आफैलाई अनुकूल बनाउँछन्।

शुक्रबार देवी लक्ष्मीको दिन पनि हो र उनको अनुग्रहको कारण जीवनमा हरेक भौतिक सुख प्राप्त गर्दछन्। यी व्यक्ति अरूलाई मद्दत गर्न सधैं तयार हुन्छन्। साहित्य र कला यी मानिसको जीवनको अभिन्न अंग हो।

शुक्रबार जन्म लिएका मानिसको प्रकृतिको नकारात्मक पक्षहरू भनेको अहंकार र आत्म-नियन्त्रणको अभाव हो। उनीहरूले आफूलाई चाहिने भन्दा बढि देखाउन मन पराउँछन्। आफ्ना शोक पूरा गर्नका लागि उनीहरूले वित्तीय संकटको सामना गर्नुपर्नेछ। कामुकता पनि यिनीहरूको अर्को नकारात्मक पक्ष हो।

शुक्रको प्रभावले मन चंचल हुन्छ जसले गर्दा यिनीहरुको मन एक ठाउँमा टिक्दैन। यिनीहरूले आफ्नो पार्टनरहरू धेरै पटक परिवर्तन गर्छन्। तर तिनीहरु साँचो प्रेम पाए भने कहिले पनि छोड्दैनन् । यहि कारणले गर्दा उनीहरूको विवाहित जीवन सफल रहन्छ।

शुक्रबार जन्मेका केटिहरू हँसमुख हुन्छन्। यिनीहरू हँसमुख र सहयोगी हुन्छन्। यी मानिस सँधै सुन्दरताको बारेमा चिन्तित हुन्छन्। प्रेमको मामिलामा केटिहरू पनि केटाहरुको जस्तै स्वभाव हुन्छ। यिनीहरू फेसन वा सौन्दर्य उद्योगमा सफल हुने बढि सम्भावना हुन्छ।

शुक्रबार जन्म लिएका मानिस संगीत, लेखन, चित्रकला, चलचित्र, सुन ज्वेलरी व्यवसाय आदि क्षेत्रमा सफल हुन्छन्। यसका साथै यिनीहरूले नियमित रूपमा माता लक्ष्मीको पूजा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित