लक्ष्मी पूजाको दिन माता लक्ष्मीलाइ अर्पण गर्नुहोस् यी चीज, कहिले पनि धनको कमी हुने छैन !

यदि दीपावलीमा माता लक्ष्मीलाई यी चिज अर्पण गरियो भने लक्ष्मीको कृपा सँधै तपाईंमा रहिरहन्छ। तर यो कुरा सधै ध्यान राख्नुहोस् कि माता लक्ष्मी को पूजा अर्चना सधैं भगवान विष्णुको साथ गर्नुपर्दछ।

लक्ष्मीजीलाई धनको देवी मानिन्छ। माता लक्ष्मीलाई प्रसन्न गर्न, उहाँलाई मन पर्ने चिज लक्ष्मी मन्दिरमा चढाउनु पर्छ वा लक्ष्मी पूजाको दिनमा पूजाको बेला भोग चढाउनु पर्छ।

केसर भात : पहेंलो रङ्गको केसर भात माता लक्ष्मीलाई अर्पण गरेर लक्ष्मीलाई प्रशन्न गर्न सकिन्छ।

पहेंलो मिष्ठान : माता लक्ष्मीलाई पहेंलो र सेतो रङ्गको मिठाइ अर्पित गरिन्छ।

खीर : माता लक्ष्मीलाई खीरमा किसमिस, काजू मिलाएर अर्पण गर्नुहोस्।

हलुवा : शुद्ध घिउमा बनेको हलुवा लक्ष्मी मातालाई अति प्रिय हुन्छ।

उखु : दीपावलीको दिन उखु पनि चढाइन्छ किनकि उखु सेतो हातीको प्रिय हुन्छ।

मखन : जसरी माता लक्ष्मीको उत्पत्ति समुद्रबाट भएको थियो, त्यस्तै मखनको पनि पानीबाट उत्पत्ति भएको थियो। मखन कमलको बोटमा पाइन्छ।

नरिवल : नरिवललाई श्रीफल पनि भनिन्छ। नरिवलमा सबैभन्दा शुद्ध पानी हुन्छ। श्रीफल भएको कारण नरिवल माता लक्ष्मीलाई अत्यन्त मन पर्छ।

पान : देवी लक्ष्मीको पूजामा मिठा पान अत्यन्त महत्त्वपूर्ण छ। यो खुशी र समृद्धि को प्रतीक हो।

अनार : लक्ष्मीलाई अनार फल धेरै मनपर्दछ। दीपावलीको पूजाको क्रममा अनार पनि अर्पण गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित