रचना रिमाल अहिलेकी व्यस्त गायिका। देश तथा विदेशको कार्यक्रममा उनी सधैं नै व्यस्त हुन्छिन्।
यसैक्रममा उनी अहिले कात्तिक ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘महापुरुष’को प्रचासप्रसारको क्रममा देश दौडाहमा छिन्।
आइतबार साँझ पोखरामा भएको कार्यक्रमको सुरुमा कमेडियन विकास अर्यालले आफ्नो प्रस्तुति दिए। प्रस्तुतिका क्रममा उनले टिकटकमा लाइभ बस्ने र त्यसबाट आर्जन गरेकोबारे प्रस्तुति गरेका थिए।
त्यहि क्रममा कमेडियन अर्यालले गायिका रिमाललाई पनि टिकटकमा बसेर इज्जत फालेको भन्दै रोष्ट गरेका थिए। उनको प्रस्तुतिपछि प्रस्तुति दिन आएकी रिमालले सुरुमा आफ्नो प्रस्तुति सकिन्।
अनि मञ्चमै रहेका राजाराम पौडेलसँग अनुमति मागेर भनिन्, ‘टिकटक चलाउँदैमा इज्जत चाहिँ जाँदैन है, उहाँको नाम पनि मलाई थाहा छैन, त्यो चाहिँ उहाँले अलिकति नराम्रै भनेजस्तो लाग्यो।’
यति भन्दैगर्दा उनको गला अवरुद्ध भइसकेको थियो। उनी धन्यवाद भनेर स्टेजबाट तल झरिन् र कलाकार राखिएको बसतर्फ आँसु खसाल्दै पुगिन्।
त्यसको केही समयपछि कमेडियन विकास अर्यालले राजाराम पौडेलेसँग समय मागेर गायिका रिमालसँग सार्वजनिक रूपमा क्षमा मागेका छन्।
‘अघि मैले गरेको रोष्टका कारण रचना रिमालजीले चित्त दुखाउनुभएछ, त्यसका लागि धेरै धेरै सरी भन्न चाहन्छु,’ उनले भने, ‘कमेडीको विधामा रोष्ट चलिरहेको छ, माफ गरिदिनुहोला रचना जी, आई एम सो सरी फर द्याट।’





















Discussion about this post