वीर अस्पतालका चिकित्सकमाथि गम्भीर आरोप लागेको छ । मंगलबार धादिङकी ३२ वर्षीय महिलामा प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला दुई डाक्टरले सम्बन्धित पक्षलाई जानकारी नै नगराइ अलपत्र छाडेर हिँडेको आरोप लागेको हो ।
अस्पतालका प्रत्यारोपण सर्जन डा.पारसमणि नेपाल र डा.अनिल श्रेष्ठले मिर्गौला प्रत्यारोपण गर्न निकालिएको दाताको मिर्गौला त्यतिकै छाडेर हिँडेको अस्पतालको भनाइ छ । उनीहरुले प्रत्यारोपण कार्य तालिका अनुसार एक ५८ वर्षीया महिलाको मिर्गौला निकालेका थिए ।
निकालिएको मिर्गौला काम नलाग्ने भएको भन्दै नेपाल र श्रेष्ठ बिरामी र बिरामीका आफन्तलाई जानकारी नदिइ अस्पतालबाट हिँडेका हुन् । यस घटनापछि बिरामीका आफन्त आन्दोलित भएका छन् ।
अस्पतालका प्रमुख डा.भुपेन्द्र बस्नेतले वीरमा भएको घटनालाई पुष्टि गर्दै यसलाई अनपेक्षित घटना भएको प्रतिक्रिया दिए । डा.बस्नेतले भने, ‘अनएक्पेटेट कुरा भयो, यस विषयमा किन यस्तो भयो भनेर हामीले छलफल गरिरहेको छौँ ।
यो प्राविधिक विषय भएकाले यसमा छानविन लागि समिति बनाएका छौं, सो समितिको प्रतिवेदनको आधारमा आगाडि बढ्छौँ’, उनले भने।
घटनापछि अस्पतालका सिनियर सर्जन डा.प्रवीण श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो।
समितिमा मेडिसिन विभागका प्रमुख डा.अशेष ढुंगाना, रेडियोलोजी विभागका प्रमुख डा.सरोज शर्मा, सीटीभीएस विभागका प्रमुख डा.दिनेश चापागाईँ, एनेस्थेसिया विभागकी डा.ऋतु प्रधान, प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठ र शाखा अधिकृत सीताराम खड्का रहेका छन् ।
यसैबीच घटनाबारे बुझ्न दुवै चिकित्सकलाई बोलाउँदा समेत उनीहरु अस्पतालमा नआएको अस्पताल स्रोत जनाएको छ । उनीहरुलाई प्रमुख डा.बस्नेतले नै अस्पतालमा बोलाएका थिए ।





















Discussion about this post