वैवाहिक जीवनमा चिसोपन आएसँगै नायिका वर्षा सिवाकोटीलाई हर्ट एट्याक

नायिका वर्षा शिवाकोटीलाई मिनी हार्ट अट्याक (हृदयघात) भएको छ। उनी स्वयमले यस विषयमा फेसबुक मार्फत जानकारी दिएकी हुन। तर, अहिले उनको फेसबुक समेत डिएक्टिभेट भएको छ।

निकटस्थहरुका अनुसार बुधबार दिउँसो अचानक अस्वस्थ बनेकी वर्षालाई करिव २ वजे ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । चिकित्सकले चेकजाँच गरेर ‘माइनर हर्ट एट्याक’ भएको बताएका थिए।

तर, अस्पताल बस्नु नपर्ने बताएपछि उनी निवासमा आराम गरिरहेकी छिन्। जानकारी अनुसार चिकित्सकले धपेडी र तनावका कारण माइनर हर्ट एट्याक भएको बताएका छन् । उनीहरूले चिन्ता नलिन र घरमै आराम गर्न सल्लाह दिएको जनाईएको छ।

घर फर्किएपछि उनले हर्ट एट्याक भएको विषयमा स्ट्याटस लेखेकी हुन् । तर, आज उनले आफ्नो फेसबुक आईडी नै निस्क्रिय बनाइदिएकी छन् । उनको इन्स्ट्राग्राम एकाउन्ट भने चालु छ ।

पछिल्लो समय वर्षा र उनका श्रीमान् आशिषको सम्बन्धमा खटपट आएको समाचारहरू प्रकाशित भएका थिए । यही तनावले उनलाई हर्ट एट्याक भएको हो की ? भन्ने अनुमान गर्न गरिएको छ।

यही विषयमा सोध्न थालिएपछि वर्षाले आफ्नो भेरिफाइड फेसबुक एकाउन्ट डिएक्टिभेट गरिदिएको स्रोतले बताएको छ । उनले कसैको फोन पनि रिसिभ गरिरहेकी छैनन् ।

वर्षाले गत वैशाख ९ गते अमेरिका निवासी आशिष गेलालसँग विवाह गरेकी थिईन। विवाहपछि श्रीमानसँगै अमेरिका पुगेकी उनले नेपाल फर्किएको केही समयपछि नै श्रीमानलाई इन्स्ट्राग्राममा अनफलो गरिन् । साथै, उनीहरु दुवैले विवाहको बाहेकका सबै तस्बिरहरू हटाएका थिए । यसले उनीहरूको सम्बन्धमा दरार आएको आशंका गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित