आज रमा एकादशी : भुलेर पनि नगर्नुहोस् यी गल्ती, क्रोधित हुनेछन् भगवान विष्णु

कार्तिक महिनाको कृष्ण पक्षको एकादशीलाई रमा एकादशी भनिन्छ। यस दिन भगवान विष्णुको पूजा गरिन्छ। यसका साथै यस दिन माता लक्ष्मीको पूजा गर्ने विधान पनि छ।

यिनको पूजा गर्दा पाप नाश हुन्छ। यस एकादशी व्रतको प्रभावले जीवनमा सुख र समृद्धि आउँछ। यस व्रतको प्रभावले व्यक्तिलाई मृत्युपछि मुक्ति प्राप्त हुन्छ। आज कार्तिक ४ गते शुक्रबार रमा एकादशीको व्रत मनाइँदैछ। यसलाई सबै व्रतमध्ये सबैभन्दा कठिन एकादशी व्रत मानिन्छ।

कार्तिक कृष्णपक्षको एकादशीलाई रमा एकादशी भनिन्छ। रमा एकादशीका दिन भगवान विष्णु र माता लक्ष्मीको पूजा गरिन्छ। सबै एकादशी मध्ये रमा एकादशीको महत्व कैयौं गुणा बढी मानिन्छ।

रमा एकादशी अन्य एकादशीको तुलनामा हजारौं गुणा फलदायी मानिन्छ। रमा एकादशीको व्रत राख्ने व्यक्तिको जीवनको सबै मनोकामना अवश्य पूरा हुन्छन्। यो व्रत बस्ने व्यक्तिको जीवनमा सुख-समृद्धि र सम्पन्नता आउँछ।

रमा एकादशीको व्रत बस्नेलाई भगवान विष्णु र माता लक्ष्मीको विशेष कृपा प्राप्त हुन्छ। यस दिन भगवान विष्णुलाई भोग अर्पण गर्नुहोस् र पूजा गरेपछि यो प्रसाद सबै मानिसहरूलाई बाँड्नुहोस्।

रमा एकादशीको दिन गीता वाचनको विशेष महत्व रहेको बताईएको छ। यस दिन साँझ भगवान विष्णुको विशेष पूजा गरिन्छ। भोलिपल्ट मन्दिरमा गएर पूजा–आराधना गरी दान तथा दक्षिणा दिनु शुभ हुन्छ। यस व्रतको प्रभावले व्यक्तिलाई मृत्युपछि मुक्ति प्राप्त हुन्छ।

रमा एकादशीको दिन भुलेर पनि नगर्नुहोस् यी काम
रमा एकादशीको दिन वृक्षको पात नचुडाउनुहोला। घरमा झाडु नलगाउनुहोस्। घरमा कुँचो लगाउँदा स-साना जीव मर्ने डर हुन्छ। र यस दिन जीव ह;-त्या गरेमा पाप लाग्छ। यो एकादशीको दिन कपाल नकाट्नुहोस्।

रमा एकादशीको दिन कम भन्दा कम बोल्ने प्रयास गर्नुहोस्। धेरै बोल्दा मुखबाट गलत शब्द निस्कने सम्भावना हुन्छ। एकादशीमा चामल खान पनि निषेध गरिएको छ। अरु कसैले दिएको खानेकुरा नखानुहोला।

मनमा कुनै प्रकारको विकार आउन नदिनुहोस्। तरकारीमा बन्दा, काउली, पालुङ्गो र मूला आदिको सेवन नगर्नुहोस्। फलफुलमा आँप, केरा, अङ्गुर, बदाम आदि सेवन गर्न सक्नुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित