को होला सलमान खानको २३०० करोड सम्पतीको उत्तराधिकारी ? यस्तो छ सल्लुभाइको योजना

बलिउडका भाइजान अर्थात सलमान खान कुनै न कुनै कारणले सधै चर्चामा रहीरहन्छन्। सल्लु भाइ जति आफ्नो व्यावसायिक जीवनलाई लिएर चर्चामा हुन्छन्, त्यति नै आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छन् ।

सलमान खानले आफ्नो करियरमा बलिउड उद्योगमा धेरै नाम कमाएका छन्। एकपछि अर्को सुपरहिट फिल्महरु दिदै आएका छन् । सलमान खान ५६ वर्षका भइसकेका छन् तर अहिलेसम्म सलमान खान अविवाहित छन् ।

बलिउडका धेरै अभिनेत्रीसँग उनको अफेयर थियो तर आजसम्म उनले कसैसँग बिहे गर्न सकेको छैनन् । उनले अहिलेसम्म आफ्नो घरबार सम्हाल्ने परिवार बनाएका छैनन् ।

उनीसँग करोडौंको सम्पत्ति छ तर अब सलमान खानको करोडौंको सम्पत्तिको उत्तराधिकारी को बन्छ भन्ने सबैको चासो छ । सलमान खानले आफ्नो करियरमा सयौं सुपरहिट फिल्ममा काम गरिसकेका छन्। सलमान खानको नाम करोडौं रुपैयाँ कमाउने बलिउडका सबैभन्दा महँगा अभिनेतामा समावेस हुन्छ ।

विभिन्न रिपोर्टका अनुसार सलमान खानसँग कुल सम्पत्ति २३०० करोड भारतीय रुपैयाँ छ । सलमान खानसँग करोडौंको सम्पत्ति र सुविधासम्पन्न गाडीहरू रहेका छन् जसको मूल्य आफैमा करोडौं पर्ने गर्दछ ।

तर अहिले उनका फ्यानहरू करोडौंको सम्पत्तिको उत्तराधिकारी को होला, सलमान खानले बिहे नगरे यति धेरै सम्पत्ति कसलाई दिने भनेर सोचिरहेका छन् ।

वास्तवमा, सलमान खानको अफेयर बलिउडका एकभन्दा बढी सुपरहिट अभिनेत्रीसँग रहेको छ तर उनले आफ्नो घर कसैसँग भनेका छैनन् । त्यसैले अब यो सम्पत्तिको उत्तराधिकारी को बन्छ, उनका फ्यानहरू सोचिरहेका छन्।

एकपटक एक अन्तर्वार्ताका क्रममा सलमान खानले भनेका थिए, ‘मैले बिहेगरूँ या नगरूँ तर मपछि मेरो आधा सम्पत्ति बिइङ ह्युमन ट्रस्टलाई दिइनेछ । तर मैले बिहे गरिन भने मेरो सम्पूर्ण सम्पत्ति ट्रस्टलाई दान दिइनेछ । यस अनुसार सलमान खानको सम्पूर्ण सम्पत्ति ट्रस्टलाई दान गरिने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित