तुलसीपुरमा दुई जना किशोरकिशोरीको ह त्या भएको एक हप्तापछि प्रहरीले पक्राउ परेकामध्ये दुई जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गर्ने तयारी गरेको छ।
सबैभन्दा पहिला पक्राउ परेका टिपर चालक र उनका सल्यानका साथीविरूद्ध किटानी जाहेरीसहित प्रहरीले उनीहरूबिरूद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयसमक्ष सिफारिस गर्ने अन्तिम तयारी गरेको घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले जानकारी दिए।
‘प्रहरीले पक्राउ परेकामध्ये हेटौंडाका टिपर चालक र सल्यानका उनका साथीविरूद्ध मुद्दा चलाउनका लागि सरकारी वकिल कार्यालयलाई आग्रह गर्ने अन्तिम तयारी गरिसकेको छ,’ ती प्रहरी अधिकारीले भने, ‘हामी आइतबार नै ह -त्यामा संलग्न सम्भावित अभियुक्तको बयान र प्रमाणका आधारमा मुद्दा चलाउन आग्रहका साथ सिफारिस गर्दैछौं।’
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा विभत्स ह-त्या गरी गाडेको अवस्थामा स्थानीय १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्यको शव असोज ३० गते फेला परेको थियो।
पक्राउ परेकामध्ये टिपर चालकले घटना स्वीकार्दै सरसर्ती बताएको, दोस्रो दिन ह त्यास्थल देखाएको प्रहरीको दाबी छ। ‘घटनास्थल हामीले पनि देखेका थिएनौं,’ ती प्रहरी अधिकारीले भने, ‘उसैले हामीलाई घटनास्थलसम्म पुर्याएको हो।’
उनले सल्यानका साथीले सानो काम छ भनेर बोलाएको हुँदा पहिलो पटक दमारगाउँ पुगेको बयान प्रहरी समक्ष गरेका छन्। ‘साथीले काम छ भनेर बोलाएको हुँदा म पहिलो पटक दमारगाउँमा गएको थिएँ र मलाई यो सबै योजनाबारे कुनै जानकारी दिइएको थिएन,’ उनको बयान उद्धृत गर्दे अर्का प्रहरी अधिकारीले भने, ‘हामी घटनामा चार जना संलग्न थियौं र अन्य दुई जना नयाँ मानिसलाई म चिन्दैन।’
मुख नखोलेपछि प्रहरीलाई घटनामा संलग्न रहेका भनिएका अन्य दुई जना को थिए? भनेर पत्ता लगाउन कठिन पक्राउ परेका सल्यानका युवा पनि चालक नै हुन। उनको ससुराली दमारगाउँमै हो। प्रहरीका अनुसार पक्राउ परेका उनीहरू मिल्ने साथी हुन्।





















Discussion about this post