यो तिहारको समयमा चाहनुहुन्छ अपार धन र सफलता ? त्यसोभए गर्नुहोस् यस्ता ५ कार्य !

अपार धन, इज्जत, उन्नति, सुख पाउनु हरेक मानिसको चाहना हुन्छ। तर, कयौं पटक यो सबै पाउनको लागि गरेको प्रयास सफल हुन्छ भन्ने छैन। यसको पछाडिको कारण हानि, अपव्यय, काम बिग्रनु, भाग्यको कमी आदि हो।

तर ज्योतिषशास्त्रमा यी समस्याबाट छुटकारा पाउनका लागि प्रभावकारी उपाय बताइएका छन्। आज हामी यस्ता केही प्रभावकारी उपायहरू बारे बताउँछौं, जसले व्यक्तिलाई धेरै धन, सम्मान, सुख प्राप्त गर्न सकारात्मक परिणाम दिन्छ।

धन-समृद्धिको लागि दिनहुँ गर्नुहोस् यी उपाय
करियरमा सफलता, सम्मान, प्रगति दिने ग्रह सूर्य हो। कुण्डलीमा सूर्यलाई बलियो बनाउनका लागि हरेक दिन बिहान स्नान गरी सूर्यलाई अर्घ्य दिनुहोस्। सम्भव भएमा अक्षतलाई अर्घ्य दिने पानीमा हाल्नुहोस्, यसले राम्रो परिणाम दिन्छ। चाँडै तपाईंको करियरमा प्रगति हुन्छ र तपाईंको आम्दानी पनि बढ्नेछ।

हिन्दू धर्ममा तुलसीलाई लक्ष्मीको रूप मानिन्छ। धनी बन्न माता लक्ष्मीको कृपा चाहिन्छ। त्यसैले घरमा तुलसीको बिरुवा रोपेर दिनहुँ पूजा गर्नुहोस्। हरेक बिहान नुहाएर तुलसीलाई जल चढाउनुपर्छ। बेलुका तुलसीको मोठमा दियो बाल्नुहोस्।

देवी लक्ष्मीलाई प्रसन्न पार्न कनकधारा स्तोत्र र लक्ष्मी स्तोत्रको पाठ गर्नु उत्तम उपाय हो। यसो गर्दा घरका सदस्यहरू द्रुत गतिमा प्रगतिको बाटोमा अघि बढ्छन्।

भगवान शिवको कृपाले जीवनका सबै दुःख र पीडाहरू हटाउँछ। यसले जीवनमा अपार सुख र समृद्धि पनि दिन्छ। त्यसैले दैनिक शिवलिङ्गको अभिषेक गर्नुहोस्। सम्भव भएमा जालमा दुध मिसाएर अभिषेक गर्नुहोस्।

राति घरको भान्सा फोहोर राख्ने, भाँडाकुँडा फोहोर राख्नाले माता लक्ष्मी र माता अन्नपूर्ण क्रोधित हुन्छिन्। त्यसैले यो गल्ती कहिल्यै नगर्नुहोस्, नत्र गरिबीले कहिल्यै तपाईंको पिछा छाड्दैन। दैनिक भान्सा सफा गरेपछि मात्र सुत्ने गर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित