अधुरै रह्यो बहिनीको हातबाट टिका लगाउने इच्छा: जिप दुर्घटनामा एकै घरका ३ दाजु/भाइको निधन

रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले सेतोपाटीलाई जानकारी दिए।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, उनका दाजु सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिकाका निवासी ५० वर्षीया फाम्सी केसी रहेको डिएसपी घिमिरेले बताए।

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो। प्रहरीका अनुसार ब्रेकले काम नगर्दा दुर्घटना भएको र जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

दुर्घटनामा परेर १२ जना घाइते भएका छन्। घाइते हुनेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका– २ खुँग्रीकी ५४ वर्षीय चन्द्रचमन सिंह, ३८ वर्षीया दीपा ठकुरी, १४ वर्षीया नीतु सिंह, ३१ वर्षीया निलम सिंह, १० वर्षीया आस्था थापा,

७ वर्षीया स्वस्तिका थापा, सुनिलस्मृति– ३ मिझिङका ४८ वर्षीय जितबहादुर विष्ट (गाडी चालक), सोही ठाउँकी २४ वर्षीया मेनुका विष्ट, ४२ वर्षीया कुशुमा विष्ट छन्।

त्यस्तै दाङ तुलसीपुर उपमहानगपालिका-१५ डुरुवाकी ४० वर्षीया ईश्वरी थापा, तुलसीपुर– ६ की ४५ वर्षीया भगवती रिजाल, दाङ घोराही उपमहानगरपालिका- ६ की ५० वर्षीया निर्मला शर्मा दुर्घटनामा परी घाइते भएका छन्।

घाइते सबैलाई रोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी घिमिरेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित