आइफोन-१५ मा हुनेछ टाइप सी पोर्ट

अन्ततः एप्पल कम्पनीले आफ्ना आइफोनमा यूएसबी सी पोर्ट राख्ने भएको छ । यसअघि आइफोनमा लाइटनिङ पोर्ट हुने गरेकोमा आइफोन-१५ सिरिजदेखि टाइप सी पोर्ट राखिनेछ । योसँगै अब एन्ड्रोइड फोनका चार्जर केवलबाट पनि आइफोन चार्ज गर्न सकिनेछ ।

एप्पलले आफ्ना प्रडक्टमा लाइटनिङ पोर्टको अन्त्य गरी टाइप सी पोर्ट राख्ने निश्चित भएको हो । युरोपेली संघले हालै एउटा कानुन पारित गरेको छ । जसअनुसार सबै स्मार्टफोन निर्माताहरुले सन् २०२४ सम्ममा अनिवार्य रुपमा यूएसबी टाइप सी पोर्ट भएका ह्याण्डसेट निर्माण गर्नुपर्नेछ ।

अहिले स्मार्टफोन बजारमा यो मानकलाई पालना गर्ने एक मात्र प्रमुख ब्राण्डको रुपमा एप्पल मात्रै रहेको छ । एप्पलका आइफोनमा लाइटनिङ पोर्ट हुने गरेका छन् ।

तर सन् २०२४ पछि टाइप सी पोर्टयुक्त स्मार्टफोन बेच्नै नपाउने ईयूको नियमका अगाडि एप्पलले घुँडा टेकेको बताइएको छ । द वालस्ट्रिट जर्नलसँगको एक साक्षात्कारमा एप्पलका कार्यकारी ग्रेग जोस्वियाकले आफूहरुसँग अरु कुनै विकल्प नरहेको बताएका छन् ।

यद्यपि यूएसबी टाइप सी प्रयोग गर्नुपर्दा एप्पल खुसी नरहेको उनको भनाइ छ । एप्पलले सुरुमा माइक्रो यूएसबी पोर्टको प्रयोग नगरेको भए लाइटनिङ पोर्ट र टाइप सी पोर्टको आविष्कार कहिल्यै पनि नहुने उनको दाबी छ ।

अधिकारीहरुका अनुसार लाइटनिङ पोर्टबाट यूएसबी टाइप सी पोर्टमा स्थानान्तरण हुँदा धेरै विद्युतीय फोहोर उत्पादन हुनेछ । यसका बाबजुद एप्पल निर्माताले सन् २०२४ सम्म वा त्यसपछि अनिवार्य रुपमा टाइप सी पोर्टयुक्त ह्याण्डसेट उत्पादन गर्ने योजना बनाएको छ ।

यद्यपि यो यूएसबी सी पोर्ट भएको एप्पलको पहिलो उत्पादन भने हुनेछैन । किनकि १० औं संस्करणको आइप्याण्डमा पहिलेदेखि नै टाइप सी पोर्ट छ भने म्याक कम्प्युटरका लागि पनि यसको प्रयोग भइसकेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित