डिभोर्सपछि एक्लै जीवन हाँकिरहेका महिला कलाकार (तस्बिरसहित)

पारिवारीक जीवन जिउने क्रममा आपसी मतभेद त हुन्छ नै । संगै मर्ने संगै बाच्ने कसम खाएर वैवाहिक जीवनमा बाँधिएका थुप्रै जोडीको दाम्पत्य जीवन यात्रा सफल भएको छैन् ।

नायिका तथा मोडल रिमा विश्वकर्माले रोबर्ट बिकसंग विवाह गरेकी थिइन् । विवाह गरेको २ वर्ष नपुग्दै नै उनीहरुले आफ्नो सम्बन्धलाई पूर्णविराम लगाइदिएका थिए । नेपाल आइडलको पहिलो र दोस्रो सिजनमा होस्ट बनेपछि लोकप्रियता अझ तुल्याउन सफल रिमा प्रस्ट वक्ताका कारण चर्चामा रहन्छिन् ।

सामन्यतया अविश्वास, आशंका र च-रम महत्वकांक्षाले उनीहरुलाई अलग गराउने गरेको पाइन्छ । डिभोर्स गरेर दोस्रो विवाह गर्ने कलाकारहरुमा संचिता लुइटेल, पूजा चन्द, सिम्पल खनाल, प्रियकां कार्की , झरना बज्रचार्य, रेखा थापा, अन्जु पन्त लगायत छन् ।

सुस्मिता बमजन, प्राश्ना शाक्य, प्रिया रिजाल, रेश्मा सुनुवार, पुजना लामा, सिरु बिष्ट, सुस्मिता कार्की, सिर्जना बस्नेत डि’भोर्स गर्ने कलाकारको सूचीमा पर्छन् ।

एउटा दाम्पत्य सम्बन्ध सफल नभएर अलग भएका दम्पतीहरु अर्कोसंग घरजम गर्ने तयारी गर्छन् । तर डि’भोर्सपछि एक्लै गुजारा चलाइरहेकाहरु पनि छन् । र अझ कला क्षेत्रमा त झनै धेरै छन् । यी महिला कलाकार, जो डि’भोर्सपछि पनि एकलै जीवन हाँकिरहेका छन् ।

मिलन अमात्य नयाँ पुस्तामा परिचित गायिका हुन् । अहिलेसम्म उनले दर्जनौ गीतमा स्वर दिएकी छिन् । सफल गायिका अमात्यको वैवाहिक जीवन भने सफल हुन् सकेन् । विवाह भएको ६ वर्षमा मिलन र उनको श्रीमानबीच डि’भोर्स भयो ।

गौरी मल्लले चलचित्र सन्तानबाट डेब्यु गरेकी हुन् । अब्बल अभिनयका कारण उनी नेपाली सिने बजारमा सदाबहार छिन् । करियरकै उचाइमा रहेका बेला उनले प्रज्वल भण्डारीसंग विवाह गरेकी थिइन् । प्रज्वलसंग वैवाहिक सम्बन्ध नटिकेपछि अन्तत उनीहरु अलग्गिए । गौरीले अहिलेसम्म एक्लै बस्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित