आज कार्तिक शुक्लपक्षको पञ्चमी: यसरी गर्नुहोस पुजा चम्किनेछ कारोबार,सम्पत्तिले भरिनेछ खजाना

जीवनमा सुख, समृद्धि, ऐश्वर्य र वैभव प्राप्तिका लागि माता लक्ष्मीको पूजा गरिन्छ। दीपावलीपछि कार्तिक महिनामा आउने कार्तिक शुक्लपक्षको पञ्चमीको विशेष महत्व छ।

यस दिन विशेषगरी पूजा–आराधना गरी केही उपाय गर्नाले जीवनबाट दरिद्रता हटेर व्यक्तिको आर्थिक अवस्था सुदृढ हुन्छ। ज्योतिष शास्त्र अनुसार कार्तिक शुक्ल पक्षको पञ्चमीलाई लाभ, ज्ञान र सौभाग्य पञ्चमी भनिन्छ।

पञ्चमीका दिन शिव परिवार र माता लक्ष्मीको पूजा गर्ने विधान छ। यो पर्व विशेष गरी नेपालको तराईक्षेत्रमा मनाईन्छ। पञ्चमीको दिन व्यापार-व्यवसाय वृद्धिको कामना गरिन्छ। यसपटक पञ्चमी एकदमै शुभ संयोगमा मनाइनेछ।

पञ्चमी पूजा विधि : – ज्योतिष शास्त्रका अनुसार पञ्चमीको पूजाआजा गर्नाले माता लक्ष्मी प्रसन्न भई भक्तजनमा धेरै कृपा वर्षाउँछिन्। यस दिन बिहान सबेरै उठेर नुहाएर रातो रङको वस्त्र धारण गरी सूर्यदेवलाई अर्घ्य दिनुहोस् ।

शुभ मुहूर्तमा भगवान गणेश, भगवान् शिवजीलाई चन्दन, फूल, अक्षता आदिले पूजा गर्नुहोस्। भगवान गणेशलाई दूबो, सिन्दूर र लड्डु चढाउनुहोस्।
दीपावलीमा नयाँ बहीखाताको पूजा गर्न नसकेकोले पञ्चमीका दिन शुभ कार्य गर्न सकिने जनविश्वास रहेको छ।

माता लक्ष्मीलाई अत्तर, कमलको फूल, सेतो मिठाई चढाई ‘ॐ श्रीं ल्कीं महालक्ष्मी महालक्ष्मी एह्येहि सर्व सौभाग्यं देहि मे स्वाहा’ मन्त्र जप गर्नुहोस्।सुख, सौभाग्य र मङ्गल कामनाको लागि व्रत बस्दा सबै मनोकांक्षा पूरा हुने जनविश्वास छ। र व्यक्तिले व्यवसायमा पदोन्नति प्राप्त गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित