हिस्टोरिया ग्रिक शब्द हिस्टरोन अर्थात् पाठेघरबाट आएको शब्द हो । दुई हजार वर्षअगाडि हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले यो समस्या महिलामा मात्र देखे र महिलाको प्रजनन अंग पाठेघरसँग सम्बन्धित
ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामकरण गरे । वर्षौंसम्म यो समस्यालाई यसैगरी हरियो । तर अनुसन्धानहरूले यो समस्याको यौनसँग कुनै सोझो सम्बन्ध नभएको तर तनावसँग सम्बन्धित भएको देखाए ।
हिस्टेरिया रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्ने गर्दछ । विवाह गरिसकेका महिलालाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना हुनु हो ।
युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु वा धेरै चाहना हुनु हो । समयमा अनि आफूलाई धित मर्ने गरी यौन मजा लिन नपाएको खण्डमा यो रोगले सताउने गर्छ ।
किन हुन्छ हिस्टेरिया ?
यौनसम्बन्धी समस्याहरूले तनाव, अनुसन्धानका अनुसार तनावका कारण हुन्छ, तनावको प्रकार जस्तो पनि हुन सक्छ, पढाइलेखाइको तनाव, पारिवारिक तनाव, नाता-सम्बन्धको तनाव, आर्थिक तथा सामाजिक तनाव, प्रतिस्पर्धाको तनाव, कामनापूर्ति नहँदाको तनाव,इज्जत प्रतिष्ठाको तनाव आदि , संकीर्ण समाजमा यौनसम्बन्धी समस्याको तनाव निकै हुने गर्छ ।
अतः यस्ता अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (कन्र्भट) भई आजकल यो समस्या कन्भर्जन डिसर्डर भनेर चिनिन्छ । अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै हिस्टेरिया हो ।
हिस्टेरिया अवचेतन मनको खेल हो । जसलाई बिरामीले मानसिक आघातको विरुद्धमा प्रयोग गर्छ । कुनै इन्फेक्सनमा ज्वरो आउनुजस्तै यो पनि एक किसिमको मनोवैज्ञानिक प्रतिरक्षा हो ।
कतिपय बिरामीले आफूलाई देवीदेवताको रूप र अवतारसम्म पनि भन्ने गरेको पाइन्छ । हिस्टेरियाका लक्षणहरूलाई स्थानीय संस्कृति, समाज, धर्म र रीतिरिवाजले निकै प्रभाव पारेको हुन सक्छ । लक्षणहरू पनि विभिन्न जातजाति, समुदाय र धर्मावलम्बीहरूबीच फरक हुन सक्छन् ।
कारण
हिस्टेरियाका लक्षण देखिने व्यक्ति कुनै न कुनै मानसिक तनावबाट गुज्रिरहेको छ भन्ने बुझ्नुपर्छ । सर्वसाधारणले हिस्टेरिया र यौ’न असन्तुष्टिलाई चाहिनेभन्दा बढी महत्व दिएको देखिन्छ ।
यो बुझाइ गलत हो । हिस्टेरिया अनेक कारणहरूको उपज हो । कुनै घटना तथा समस्या जसलाई व्यक्तिले विविध कारणले साथी तथा परिवारजनसामु व्यक्त गर्न नसक्दा यो रोग लाग्ने सम्भावना हुन्छ ।
साधारणतया यस्तो रोग लागेको व्यक्तिले आफूमाथि आइपरेका समस्याहरू सकेसम्म कसैलाई नभन्ने र लुकाउने गर्छन् । मनोचिकित्सकहरूले पनि एकै पटकमा सबै यथार्थ थाहा नपाउन सक्छन् ।
मानसिक द्वन्द्वको कारण पत्ता लगाउन मनोविशेषज्ञले विभिन्न प्राविधिक उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यसबाट के देखिन्छ भने हिस्टेरिया कुनै एउटा कारणले मात्र नभई विभिन्न मनोवैज्ञानिक कारणहरूले हुन सक्छ ।
उपचार
हिस्टेरिया पूर्णतया मनको खेल हो, अवचेतन मनको । यो व्यक्त गर्न नसकेको इच्छा वा समस्याहरूद्वारा पैदा भएको तनावको प्रतिरक्षा स्वरूप देखिएको मनको रोग हो । यो रोग म पीडित छु, मलाई सहायता गर भन्ने चित्कार हो ।
यस कुरालाई परिवार, समूह तथा वरपरका मानिसले संवेदनशील भएर बुझ्न खोज्नुपर्छ । तनावको पहिचान र उपयुक्त निदान नै हिस्टेरियाको सही समाधान हो ।
यस रोगको अहिलेसम्म कुनै ट्याबलेट या इन्जेक्सन बनेको छैन । तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त हुन्छन् । तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिन्छन् ।
निदानको लागि तनावको पहिचान आवश्यक छ । विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ ।हिस्टेरियाको सर्वोत्तम उपचार माइन्ड-बडी मेडिसिन हो, साइकोथेरापी हो ।
मास साइकोथेरापी, फैमिली साइकोथेरापी, कोग्निटिव बिहेवियर थैरपी (सीबीटी), इएफटी तथा योग, ध्यान, प्राणायामजस्ता यौगिक क्रियाहरूद्वारा नै हिस्टेरियाको उपचार गर्नुपर्दछ ।





















Discussion about this post