गत साउन २५ गते(अगस्ट १० तारिख) बुधबारदेखि मङ्गल ग्रह वृष राशिमा गोचर गरिरहेको थियो तर असोज ३० गते(अक्टोबर १६) आइतबारदेखि वृष राशिबाट निक्लिएर मिथुन राशिमा गोचर गरिरहेको छ।
मङ्गल ग्रह कार्तिक २७ गते(नोभेम्बर १३) आइतबारसम्म यहीँ राशिमा रहनेछ। मिथुन राशिमा मङ्गल ग्रहको प्रवेशले ५ राशिलाई सबैभन्दा बढी लाभ दिनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ: –
मेष राशिको तृतीय भावमा मङ्गलको गोचर हुनेछ। कार्यस्थलमा वादविवादबाट टाढै रहनुहोस्। यद्यपि कार्यक्षेत्रमा तपाईको प्रगति हुनेछ। जागिर गर्नेहरुको बढुवा र आम्दानी बढ्ने सम्भावना छ। व्यापारीले नयाँ अवसर प्राप्त गर्नेछन्। विद्यार्थीहरूको लागि यो गोचर शुभ छ। दाजुभाइ र दिदीबहिनीहरुसँगको सम्बन्ध सुमधुर रहनेछ। आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे: –
सिंह राशिको एकादश भावमा मङ्गलको गोचर शुभ रहेको छ। आर्थिक अवस्था मजबुत रहनेछ। पदोन्नति वा स्थानान्तरण इच्छुकका इच्छा पूरा हुनेछ। घरजग्गा तथा वाहन लगायतका सम्पत्ति बढ्नेछन्। लगानीबाट लाभ मिल्नेछ। बच्चाको स्वास्थ्यको ख्याल गर्नुहोला। पारिवारिक वातावरण राम्रो रहनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो: –
कन्या राशिको दशम भावमा मङ्गलको गोचर हुनेछ। आर्थिक रुपमा पहिलेभन्दा अपेक्षाकृत रुपमा मजबूत बन्नुहुनेछ। सवारी साधन तथा घरजग्गा खरिदको योग बनेको छ। व्यापारीले व्यापार विस्तारको अवसर प्राप्त गर्नेछन्। काममा सकारात्मक परिवर्तन आउनेछ। घरमा मान-सम्मान बढ्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि : –
मकर राशिको षष्टम भावमा मङ्गलको गोचर हुनेछ। काममा गोप्य शत्रुहरूमाथि विजय प्राप्त गर्नुहुनेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। व्यापारमा पनि प्रगति होला तर सोचेर निर्णय लिनु पर्नेछ। पारिवारिक जीवन सामान्य रहनेछ। स्वास्थ्य पनि राम्रो रहनेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि : –
मीन राशिको चतुर्थ भावमा मङ्गलको गोचर शुभ रहनेछ। यस अवधिमा चल-अचल सम्पत्तिबाट राम्रो आम्दानी गर्न सक्नुहुनेछ। सवारी साधन खरिद गर्ने मौका मिल्नेछ।
जागिरमा प्रगति गर्नुहुनेछ। व्यापार-व्यवसायबाटमनग्यै लाभ उठाउनुहुनेछ। यद्यपि कार्यस्थलमा संयम र समझदारीपूर्वक कार्य गर्नुहोला। परिवारमा कुनै पनि प्रकारको विवादबाट बच्नुहोस्।















Discussion about this post