अबको ४ दिनमा योग निद्राबाट ११७ दिनपछि ब्यूँझनेछन् भगवान विष्णु, यस्तो खास हुँदै यो दिन !

संसारका स्वामी भगवान श्रीहरि चार महिनाको निद्रापछि कार्तिक १८ गते शुक्रबार ब्युँझनुहुनेछ। प्राय: यससँगै विवाह र मांगलिक समारोहहरू आयोजना गर्ने प्रक्रिया सुरु हुन्छ। यस पटक हरिबोधनी एकादशीको दिन शुक्र नक्षत्र अस्ताउँदैछ।

यसैगरी प्रत्येक वर्ष झै यसपटक पनि यस एकादशीका दिन तुलसी विवाह गरिन्छ। यो दिन भगवान शालिग्राम र देवी तुलसीको विवाह गरिने गरिन्छ। हरिबोधनी एकादशीमा विवाह गर्दा भगवान विष्णु र लक्ष्मीको विशेष आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ।

हरिबोधनी एकादशीको शुभ मुहूर्तमा तुलसी र भगवान शालिग्रामको विवाह गराउनको लागि सबैभन्दा पहिले आँगनको बीचमा तुलसीको बिरुवा राख्नुहोस्। यस दिन पूजास्थललाई राम्ररी सफा गर्नुहोस्।

तुलसी विवाह पूजा सामग्री
पूजामा अमला, सखरखण्ड, अम्बा र पूजामा मौसमी फलफूल, मण्डप तयार गर्न उखु, भगवान विष्णुको मूर्ति, तुलसीको बोट, धूप, दियो, कपडा, माला, फूल, सुहाग वस्तु रातो चुनरी, आदि।

यस दिन बिहान सूर्योदय हुनु भन्दा पहिले उठेर स्नान गरी भगवान् विष्णुको पूजनसहित तुलसी विवाह गरेर व्रत बस्ने परम्परा छ। तुलसी विवाहको लागि तुलसीको मठमा गेरु वा रङ्ग आदिले रंगरोगन गर्ने गरिन्छ।

चारैतिरबाट उखु, साल, बाँस या नियालो मण्डप बनाएर त्यसमाथि फूल तथा कपडाले सजाएर तुलसीलाई वस्त्र तथा सौभाग्य लगाएर शृङ्गार गर्ने गरिन्छ।

दियो, कलश, गणेशसहित सबै देवी–देवताहरूको र श्री शालिग्रामको श्रद्धा एवं भक्ति पूर्वक पूजन गर्दै यस दिनबाट नयाँ धान कुटेर चामलको न्वागी भगवानलाई अर्पण गरी प्रसाद स्वरूप न्वागी खाने प्रचलन पनि छ।

पूजन गर्दा ॐ तुलसी दामोदराभ्यां नमः भन्दै पाद्य जल, अर्घ, आचमने, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्छ भने तत्पश्चात् शुद्ध जलले स्नान गराई तुलसी तथा शालिग्राममा आफ्नो क्षमता अनुसार श्रद्धा एवं भक्तिले चन्दन, रोली, सिन्दूर, टिका, वस्त्र, सौभाग्य चढाउनु पर्दछ र

जौ, तिल, फूल, माला, सहित सम्पूर्ण उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, ऋतु फल, कन्दमूल, पान, सुपारी आदि द्वारा गरिएको पूजाबाट मनले चाहेको हरेक फल प्राप्त हुने विश्वास रहेको छ।

त्यसपछि पहेँलो फूल हातमा लिएर प्रार्थना गर्दै पुष्पाञ्जली पनि गर्नु पर्छ। एउटा नरिवल, दक्षिणासहित भगवान् शालिग्राम हातमा लिएर तुलसीको सात पटक परिक्रमा गर्नु पर्छ र तत्पश्चात् आरती गरी तुलसी विवाह उत्सव पूर्ण गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित