खाना पकाउदा अजिनोमोटोको प्रयोग गर्नुहुन्छ ? एक चोटी अबश्य पढ्नुहोला

सामान्य खाजाघरदेखि ठूला रेस्टुरेन्टसम्म खानेकुराको स्वाद बढाउन भन्दै अजिनोमोटो प्रयोग गरिन्छ । सेतो मसला भनिने अजिनोमोटो वर्षमा ४ हजार मेट्रिक टन सम्म आयात हुन्छ ।

चिकित्सकका अनुसार खानेकुरामा यसको प्रयोग स्वास्थ्यका दृष्टिले हानिकारक छ ।हेर्दा टलक्क टल्किएका यी दाना खानेकुरालाई थप स्वादिलो बनाउन प्रयोग गरिने मोनोसोडियम ग्लुटामेट अजिनोमोटो हो ।

खानामा मिसाएपछि पग्लिने अजिनोमोटो यस्तो केमिकल हो जसले जिब्रोको स्वाद लिने भागलाई सक्रिय बनाउँछ । खुद्रा पसलदेखि ठूला स्टोरसम्म सजिलै पाइने यो मोनोसोडियम ग्लुटामेट स्वास्थ्यको लागि भने अत्यन्त हानिकारक छ ।

अजिनोमोटोयुक्त खानेकुरा खाँदा:
रगतमा ग्लुटामेटको स्तर बढ्छ, मुख्य अंगको कार्यक्षमता कमजोर बनाउँछ ।आँखाको रेटिनामा नोक्सान पुर्याउँछ, मस्तिष्कको न्यूरोन्समा असर गर्छ । प्रजनन् क्षमता कमजोर बनाउँछ,

गर्भवती र गर्भको बच्चाबीच खाद्य अपूर्तीमा अवरोध पैदा गर्छ । शरीरमा सोडियमको मात्रासँगै ब्लड प्रेसर पनि बढ्छ । क्यान्सरको जोखिम बढाउछ यस्तै, अजिनोमोटोले अधिक भोजन रोक्न मस्तिष्कलाई संकेत गर्ने शरीरमा रहेको लेप्टिन हर्मोनलाई कमजोर बनाउँछ ।

त्यसैले अजिनोमोटो हालेको खाना जत्ति खाए पनि अघाएको जस्तो लाग्दैन । भारत, पाकिस्तान, युरोपका केहीसहित विश्वका करिब ५० देशमा स्वास्थ्यका लागि घातक

अजिनोमोटोको प्रयोग बर्जित छ । तर, नेपालमा अत्यधिक आयात भैरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक बर्षमा ४ लाख ८४ हजार केजी अजिनोमोटो आयात भएको छ ।

नेपालजस्तो सानो मुलुकमा यति धेरै मनोसोडिएम आयात हुनुले केहि बर्षपछि क्यान्सर रोग भयाभह हुन सक्ने चिकित्सक औंल्याउँछन् । बाइट डा समिर शर्मा, क्यान्सर रोग विशेषज्ञ

एकातिर घरको भान्सादेखि होटेलसम्म प्रयोग गर्न अजिनोमोटोको माग बढिरहेको छ भने अर्कातिर उपभोक्ता घातक हुने नहुनेबारे ज्ञान नै नभएको बताउँछन् । कतिलाई त खानामा प्रयोग गरिन्छ भन्ने ज्ञानसमेत छैन ।

नेपालमा अजिनोमोटो अत्यधिक प्रयोग हुने खाजा मम र चाउमिन हो । हामी पुग्दा एक मम सेन्टरमा अत्यधिक अजिनिमोटो प्रयोग गरिँदै थियो । पकाउदा मिसाइने

मात्र होइन प्याकेट बन्द चाउचाउ, चिप्स, फास्टफुडमा पनि अजिनोमोटोको प्रयोग गरिन्छ । मन्द बिषको काम गर्ने अजिनोमोटोको प्रयोगमा सचेत हुन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित