तेस्रो विवाह गर्ने भुवन, तर गाली खाने र ट्रोल हुने भने अनमोल !

पछिल्ला केही दिनयता अभिनेता भुवन केसी चर्चामा छन्। तिहारको सुरुवातसँगै केसीको तेस्रो विवाहको खबर सार्वजनिक भयो। ठीक यही समय कात्तिक ११ गते बाबुको विवाह हेर्ने दिन भनेर फिल्म ‘महापुरुष’को प्रमोसन भइरहेको थियो।

भुवनको विवाहको खबरले उनका छोरा अनमोल केसी ट्रोलको सिकार बने। बाबुको बिहे सबैभन्दा धेरै हेर्ने अनमोल भन्दै ट्रोलमा परे। अनमोलले भने सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छैनन्। उनी मौन छन्।

उता प्रेमिका जिया केसीसँग अमेरिका भ्रमणमा रहेका भुवनले भने आफ्ना शुभचिन्तकलाई छिट्टै खुसीको खबर सुन्न पाउने सन्देश दिए। अमेरिका भ्रमणकै क्रममा केसीले आफ्ना अघिल्ला श्रीमतीसँगको सम्बन्धबारे बोल्न भ्याए।

आफ्ना दुई श्रीमतीसँगको सम्बन्धबारे केसीले दिएको अभिव्यक्ति अहिले टिकटमा भाइरल भइरहेको छ। भुवनले कुराकानीका क्रममा पूर्वपत्नी सुस्मिताकै कारण आफूसँग डिभोर्स भएकोदेखि सुस्मिताले पुनः विवाह गरेकोसम्म उल्लेख गरेका छन्।

सुस्मिताको पुनर्विवाहपछि आफूसँग कुरा समेत नभएको भुवनको अभिव्यक्ति आएपछि सुस्मिताले भुवनको कुराको खण्डन गरेकी छन्। आफू सिङ्गल रहेको र आफू विरुद्धका आरोपहरु पूर्णतः आधारहीन रहेको बताएकी छन्।

‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेको छु। मविरुद्धका आरोपहरु पूर्णतः आधारहीन छन् । हामीले सन् २००२ मा खुसीपूर्वक सम्बन्धविच्छेद गरेका थियौं। अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिँदै हिँडिरहनुभएको छ,’ सुस्मिताले प्रश्न गरेकी छन्।

भुवनले समाजको अगाडि आफ्नो बदनाम गराउँदै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। भुवनले जेठी श्रीमतीबारे भने नकारात्मक टिप्पणी गरेका छैनन्। भुवनसँगको सम्बन्ध सकेर अमेरिकामा बसिरहेकी जेठी श्रीमती विजयासँग भने अहिले पनि आफ्नो सुमधुर सम्बन्ध रहेको भुवनले बताएका छन्। हरेक अमेरिका यात्रामा जेठी श्रीमतीसँग भेट्ने गरेको भुवनले बताउने गरेका छन्। विजयासँग भुवनको सम्बन्ध सकएिको ३ दशक बितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित