छोरीको नामका कारण चर्चा र विवादमा श्वेता

अभिनेत्री श्वेता खड्का आमा बनेको ४ दिन भयो। गत मंगलबार काठमाडैंको ग्रान्डी सिटी अस्पतालमा छोरीलाई जन्मदिएकी श्वेता पहिलो सन्तानकी आमा बनेकी हुन्। शल्यकृया मार्फत आमा बनेकी श्वेताले सुत्केरी भएको ४ दिनमा छोरीका दुई तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्न भ्याइन।

श्वेताले आमा बन्दाको खुशी सामाजिक सञ्जाल मार्फत शुभचिन्तकमा बाँडिन। उनका शुभचिन्तकले पनि उनलाई बधाई दिए। श्वेताले सञ्जाल मार्फत नै जन्मिएको तेस्रो दिनमा छोरीको नाम सार्वजनिक गरिन्। छोरीको नाम सार्वजनिक भएसँगै श्वेताका फ्यान दुई धारमा देखिएका छन्

श्वेताले अस्पतालमा नै आफ्नी छोरीको नामाकरण गरेकी हुन्। उनले छोरीको नाम ‘ब्रायना’ राखेकी छिन्। छोरीको नामाकरण पछि श्वेताले नामको अर्थ पनि बताएकी छिन्।

छोरीको नाम आइरिस भाषामा राखिएको बताउँदै उनले ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ रहेको बताएकी छिन्। उनले छोरीको नाम सार्वजनिक गरेसँगै सामाजिक सञ्जालमा बहस सुरु भएको छ।

श्वेताकी छोरीको नामको विषयलाई लिएर फेसबुकमा नृपेश उप्रेतीले लेखेका छन् ‘आफ्नो बच्चाको नाम के राख्ने सर्वाधिकार अभिभावकमा सुरक्षित हुन्छ। तर एक सेलीब्रेटीले आफ्नो बच्चाको नाम के राख्ने भनेर सोच विचार भने पक्कै पुर्याउनु पर्छ। उनीहरूलाई आदर्श मान्ने, उनीहरूलाई पछ्याउनेको संख्या असंख्य हुन्छन्।

उनीहरूबाट समाजले धेरै कुरा सिक्ने तथा मनन र कार्यान्वयन गर्ने गर्दछ। कम्तीमा श्वेता खडकाले आफ्नो छोरीको नाम नेपाली परिवेश संस्कृति सुहाउँदो राखेको भए एउटा सुन्दर संदेश जाने थियो। उनले आफ्नो छोरीको नाम ब्रायना राखेकी छन्। सुनिए अनुसार यो आइरिस नाम हो रे! जसको अर्थ आइरिस भाषामा उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ। तर थाहा भएन उनको आइरिस कनेक्सन के हो?’

उनले अगाडी लेखेका छन् ‘ठिक छ उनले छोरीको आइरिस नाम राखिन् तर यदी भोलिका दिनमा नेपाली चलचित्रसँग पुनः आवद्ध हुँदा नेपाली कला संस्कृति र परिवेशको दुहाइ चाहिँ नदिए हुन्छ श्वेताले। हिजोको दिनमा ‘कान्छी’ नामको चलचित्र निर्माण गरेकी उनले भोलिका दिनहरूमा के नाम राखेर चलचित्र बनाउने छिन? सायद डायना, पेट्रा, क्यारोलिना!’ उप्रेतीको यो स्टाटसमा पनि थुप्रैले समर्थन जनाएका छन्।

केहीले श्वेताकी छोरीको नामाकरणलाई व्यक्तिगत स्वतन्त्रतासँग जोडेर हेरेका छन्। केहिले बिरोध गरिरहेका छन्। श्वेताले भने छोरीको नाम सार्वजनिक गर्दै आफूलाई सघाउने चिकित्सक र नर्सलाई सामाजिक सञ्जालबाटै सम्झना गरेकी छिन्।

शुभचिन्तकलाई धन्यबाद दिएकी छिन्। उनले छोरीको जन्मसँग नयाँ फिल्म निर्माणको घोषणा समेत गरेकी छिन्। केहि समयपछि नै फिल्म निर्माणमा फर्किने श्वेताले बताएकी छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित