सन्दीपको बचाउ गर्न खोज्दा विवादमा परे गायक प्रमोद खरेल !

नाबालिकलाई बलात्कार गरेकाे अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेप्रति सदासयता देखाउँदै गरेको ट्वीटका कारण गायक प्रमोद खरेलको आलोचना भएको छ।

गायक खरेलले बुधबार राति ट्वीट गरेर बलात्कार अभियोग लागेका सन्दीपप्रति सहानुभूति देखाएका हुन्। केही समयभित्रै उनले सो ट्वीट हटाएका थिए।

तर, सामाजिक सञ्जालमा उनको सो ट्वीटको स्क्रीनसट साझा भएको छ। धेरैले उनको आरोपितको पक्षपोषण गर्ने टिप्पणीको आलोचना गरेका छन्।

क्रिकेटका फ्यानका रूपमा लिइने गरेका गायक खरेलले ट्वीटमा लेखेका थिए, ‘मानौँ ऊ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै हैन) हात धोएर लाग्या छन्। कानुनी प्रकिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए।

देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानुनी प्रकियामा जाँदा कसैको केही बिग्रन्छ र? कि कसो?’ सन्दीपलाई कानुनी कारवाहीको दायरामा ल्याउनका लागि भएका मागलाई गायक खरेलले उनको विरुद्ध ‘हात धोएर’ पछि लागेको जस्तो भन्दै अन्तर्राष्ट्रिय स्तरको आतंककारीजस्तो व्यवहार भएको जनाएका छन्।

सन्दीपमाथि लागेको बलात्कार अभियोगका सम्बन्धमा कलाकारिता क्षेत्रका केही प्रतिनिधिपात्रका टिप्पणीहरू आपत्तिजनक देखिएका छन्। आरोपितप्रति सहानुभूति देखाउने क्रममा उनीहरूले पीडितको न्यायको पक्षलाई बेवास्ता गरेको जस्तो देखिएको छ।

उनीहरूका टिप्पणीले पीडितलाई थप पीडा दिने र आरोपित अपराधलाई ढाकछोप गर्न सहयोग गर्ने भन्दै आलोचना भइरहेकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित