चीनमा आइफोन कम्पनीको पर्खाल चढेर किन भाग्दै छन् कर्मचारी ?

चीनको सबैभन्दा ठूलो आइफोन फ्यक्ट्रीबाट धेरै कामदार भागेका भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन्। भाइरल भिडियोमा केही व्यक्ति कारखाना परिसरको काँडेबारबाट फलहानेर भागिरहेका देखिन्छन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा भागेका कामदार पैदल नै आफ्नो घरतिर गइरहेको देख्न सकिन्छ। उनीहरु सार्वजनिक यातायातको प्रयोग पनि नगरी पैदलै घरतर्फ लागिरहेका छन् ।

२२ वर्षीय कर्मचारीले उनीहरुलाई राखेको ठाउँमा आतंकको वातावरण फैलिएको बताएका छन्। ‘हामीले पहिले प्लाष्टिकको पर्खाल नाघेर हामफाल्यौं र त्यसपछि प्लान्टबाट बाहिर निस्कन धातुको पर्खाल चढ्यौं,’ उनले भने।

किन कारखाना छोडेर भाग्दै छन् ?
चीन सरकारले अवलम्बन गरेको शून्य कोविड नीति अन्तर्गत फेरि कडा लकडाउन घोषणा गरेको छ। उक्त आइफोन फ्याक्ट्रीमा कति कर्मचारीमा कोरोना संक्रमण भएको छ भन्ने एकिन भएको छैन।

गत हप्ता हेनान प्रान्तको राजधानी झेङझाउमा १६७ जनामा कोरोना भाइरस संक्रमण भएको तथ्याङ्क बाहिर आएको थियो। सो संक्रमण देखिएपछि करिब एक करोड जनसंख्या भएको सहरमा आंशिक लकडाउन लगाइएको थियो ।

यस फक्सकन प्लान्टमा हजारौं कामदारहरू काम गर्छन्। कारखानामा संक्रमितको संख्या आधिकारिक रुपमा बाहिर ल्याएको छैन। ताइवाको उक्त कम्पनीले कुनै पनि कर्मचारीलाई कारखाना छोड्नबाट नरोक्ने बताएको छ।

केही दिनदेखि फ्याक्ट्री आसपासमा लकडाउन भएको र सङ्क्रमण फैलिन नदिन संक्रमितको दैनिक कोरोना परीक्षण र गरी उनीहरुलाई क्वारेन्टाइनमा राखिएको कर्मचारीहरूले दाबी गरेका छन् । गत साता १९ अक्टोबर मा सामूहिक खाना खान प्रतिबन्ध गरिएको थियो। कर्मचारीलाई आफ्नो कोठाभित्रै बसेर खान भनिएको थियो । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित