यसकारण टी२० विश्वकप ट्रफी बाँड्न बाध्य हुन सक्छन् पाकिस्तान र इङ्ग्ल्यान्ड

आइसीसी पुरुष टी२० विश्वकप फाइलन आइतवारको लागि तय भएको छ। फाइनलमा पाकिस्तान र इङ्ग्ल्यान्ड भिड्दैछन्। तर, फाइनल खेल हुन लागेको मेलबर्नको आइतवारको मौसम पूर्वानुमान भने राम्रो छैन।

मेलबर्नमा आइतवार खराब मौसमको पूर्वानुमान गरिएसँगै इङ्ग्ल्यान्ड र पाकिस्तानबिचको फाइनल खेल ‘वास आउट’ हुने खतरा बढेको छ। यदि सो खेल ‘वास आउट’ भएमा दुवै फाइनालिस्टले टी२० विश्वकपको उपाधि संयुक्त रुपमा जित्ने सम्भावना बढेको छ।

यो घटना क्रिकेट इतिहासमा पहिलो हुनेछ। यदि आइतवार वर्षाले मेलबर्न क्रिकेट ग्राउन्ड (एमसीजी)लाई प्रभावित बनाए पाकिस्तान र इङ्ग्ल्यान्ड संयुक्त रुपमा च्याम्पियन बन्न सक्छन्।

आइतवार मेलबर्नमा पानी पर्ने सम्भावना ९५ प्रतिशत रहेको अनुमान छ। मौसम विज्ञान ब्यूरोले २५ मिलिमिटर वर्षासँगै सम्भावित मेघगर्जनको भविष्यवाणी गरेको छ।

खेल स्थानीय समयअनुसार बेलुका ७ बजे (नेपाली समय दिउँसो १:४५ वजे) सुरु हुने तालिका छ। ‘वास आउट’को सम्भावनासँगै खेल सोमवार रिजर्भ दिनमा सारिन सक्छ। सोमवार खेल स्थानीय समय अनुसार ३ बजे सुरु हुनेछ।

तर, पूर्वानुमानअनुसार सोमवार कम वर्षा हुने भनिएपनि अर्को मेघगर्जनको सम्भावना छ। यदि वर्षाले खेल हुने सम्भावनालाई रोकेमा इङ्ग्यान्ड र पाकिस्तानले निराशाजनक निर्णयको सामना गर्नुपर्नेछ। उनीहरु ट्रफी बाँड्न बाध्य हुनेछन्।

खेल सञ्चालन गर्न समूह चरणमा दुवै टिमको लागि कम्तीमा पाँच ओभर मात्र आवश्यक हुन्थ्यो। तर, नियमअनुसार फाइनलमा दुवै टोलीले कम्तीमा १० ओभर खेल्नुपर्छ। यदि खेल आइतवार सुरु भयो र वर्षाले रोकियो भने सोमवार पनि जारी रहन सक्छ।

मेलबर्नमा एमसीजीबाट ५ किलोमिटर टाढाको दुरीमा इनडोर भेन्यू ‘मार्भल स्टेडियम’ छ। तर, आइसीसीले खेललाई डकल्याण्ड्स मैदानमा सार्ने कुनै सम्भावना छैन।

यसअघि एमसीजीमा वर्षाका कारण एक बल पनि नगरी समूह चरणका तीन खेल स्थगित भइसकेका छन्। जसमध्ये अस्ट्रेलिया र इङ्ग्यान्डबिचको खेल पनि एक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित