मङ्सिर ४ गते एकादशीमा ५ शुभ योग बन्दै, जान्नुहोस् पूजाको शुभ समय र महत्त्व

एकादशी व्रतको शास्त्रमा विशेष महत्व दिइएको छ। प्रत्येक महिनामा दुईवटा एकादशीहरू पर्दछ । एउटा शुक्ल पक्षमा र अर्को कृष्ण पक्षमा। पञ्चाङका अनुसार प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण पक्षको एकादशीका दिन उत्पत्तिका एकादशी व्रत मनाउने गरिन्छ।

यस पटक यो मंसिर ४ गते परेको छ। यस दिन व्रत बस्ने र भगवान विष्णुको पूजा गर्ने विधि छ। पौराणिक कथा अनुसार यस एकादशी माताको जन्म भएको थियो । त्यसैले यसलाई उत्पत्तिका एकादशी भनिन्छ। जान्नुहोस् शुभ समय र पूजा विधि…

धार्मिक मान्यता अनुसार मंसिर कृष्ण पक्षको एकादशी मंसिर ३ गते बिहान १०ः२८ बजे सुरु हुँदैछ। साथै अर्को दिन मंसिर ५ गते बिहान १०:५५ बजे समाप्त हुनेछ।

त्यसैले उदयतिथि अनुसार मंसिर ४ गते उत्पत्तिका एकादशी व्रत मनाइनेछ। उत्पत्तिका एकादशीको पूजाको शुभ समय बिहान ८:२१ बजेदेखि दिउँसो १२:२३ बजेसम्म रहेको छ। यसैबीच भगवान विष्णुको पूजा गर्न सकिन्छ।

पञ्चांगका अनुसार उत्पत्तिका एकादशीका दिन सर्वार्थ सिद्धि योग, अमृत सिद्धि योग, प्रीति योग, आयुष्मान योग र द्विपुष्कर योग बन्ने भएको छ। त्यसैले यो दिनको महत्व झनै बढेको छ।

सर्वार्थ सिद्धि योग बिहान ०६:४८ देखि राति १२:३५ सम्म हुन्छ। साथमा अमृत सिद्धि योग पनि छ। ज्योतिषशास्त्रका अनुसार सर्वार्थ सिद्धि योगमा पूजा वा कुनै उपाय गरेमा सिद्ध मिल्नेछ।

ज्योतिषशास्त्रका अनुसार उत्पत्तिका एकादशीको व्रत राख्ने व्यक्तिले भगवान विष्णुको कृपा प्राप्त गर्नुका साथै जीवनमा सुख–समृद्धि कायम रहन्छ । साथै यस दिन व्रत बस्दा भक्तजनले यस जन्मका साथै पूर्वजन्मका पापबाट मुक्ति प्राप्त गर्ने जनविश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित