जेरीको आरोप- शंकरका दाजुभाईले एउटी केटी ल्याएर मेरै कोठामा रात विताए

गायिका बबिता बानियाँ ‘जेरी’ ले पुर्वपति शंकर क्षेत्रीका दाजु भाईले आफनै घरमा एउटै केटीसँग रात विताएको गम्भिर आरोप लगाएकी छिन् ।

शंकरसँग छुट्टिनुको कारणबारे ‘लालीगुराँस डटकम’ युट्युव च्यानललाई दिएको अन्तरवर्तामा जेरीले यस्तो आरोप लगाएकी हुन। विवाह गरेको १४ दिनपछि नै आफुमाथि शा-रीरिक तथा मा-नसिक यातना सुरु भएको वताएकी उनले बच्चा जन्मेको वेला केही दिन माईत गएर वस्दा दाजु भाई नै मिलेर घरमा केटी ल्याएर राखेको आरोप लगाएकी छिन् ।

‘बच्चा जन्मेपछि माइतमा गएँ । माइत गएको तीन–चार दिनदेखि नै ‘तँ त्यहीँ बस, बरु ८–१० लाख दिन्छु, मलाई मेरो केटीले पर्खिरहेको छ’ भनेर दंग्याउँन थालेपछि आफु फर्केर घर गएको उनको भनाई छ।

घर पुगेर शंकरको मोवाईल चेक गर्दा आफ छाँगावाट खसेजस्तै भएको अन्तरवार्तामा उनले वताएकी छिन् । ‘घर आएपछि बुढाको चालामाला बुझ्न उहाँ निदाएको वेलामा उहाँको मोबाइल चेक गरें । एउटा म्यासेज देखेर छाँगाबाट खसेंझैं भएँ ।

कति गलत व्यक्तिलाई साँचो प्रेम गरेको रहेछु भन्ने भयो’ जेरीले भनेकी छिन्–‘त्यसवेला उहाँका दाइ घरबाट आउनुभएको थियो । म माइत भएका वेला एउटा केटी हाम्रो कोठामा नै ल्याएर दाजुभाइले राखेका रहेछन् । त्यो केटीसँग दाजुभाइकै सम्बन्ध भएको बुझियो । ’

त्यो प्रमाण भेटेपछि आफुले शंकरसँग विवाद गरेको पनि उनले वताईन। ‘श्रीमती सुत्केरी भएर माइत गएका वेला केटी ल्याएर राख्न लाज लाग्दैन ? कसैसँग बस्ने भए बाहिर बसेको भए हुन्थ्यो । मेरै कोठामा किन राखिस् । दाइभाइलाई एउटै केटी चल्ने हो ? भनेर मैले झगडा गरें’’

त्यसबेला शंकरले कुटेर टा उकोमा र आँखामा चो ट लागेको जेरीले बताएकी छिन्। बाँकि अारोप उक्त युट्युव च्यानलमा गएर पनि हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित