हेराफेरी ३ : कार्तिक आर्यनले निर्वाह गर्नेछन् नयाँ भूमिका, अक्षयद्वारा दुःख व्यक्त

पछिल्लो केही दिनयता ‘हेराफेरी ३’को चर्चा चलिरहेको छ । फिल्मसँगै अक्षय कुमार र कार्तिक आर्यन पनि चर्चामा छन् । धेरै रिपोर्टहरूले दावी गरेका छन् कि कार्तिकलाई ‘हेराफेरी ३’ मा राखिएको छ र अक्षय कुमारलाई रिप्लेस गरिएको छ ।

तर यी सबै सत्य होइनन् । कार्तिक ‘हेराफेरा ३’मा रहने तर अक्षयको स्थान नलिने बताइएको छ । अक्षयको भूमिका राजुलाई फिल्मबाट हटाइएकाले कार्तिक आर्यनले नयाँ भूमिका खेल्ने बताइएको छ ।

एक स्रोतले भन्यो, ‘अक्षय कुमार अब हेराफेरी फ्रान्चाइजीको हिस्सा नबन्ने निर्णय भएपछि, उनको चरित्र राजुलाई पूर्ण रूपमा खारेज गरियो । ‘हेरा फेरी ३’ मा अक्षयको भूमिका रहने छैन । हेराफेरीको तेस्रो संस्करणमा कार्तिक आर्यनले नयाँ पात्र निभाउँदैछन् ।

फिल्ममा बाबुरावको भूमिका निभाएका दिग्गज अभिनेता परेश रावलले आफ्नो एक ट्वीटमार्फत फिल्ममा कार्तिक आर्यनको उपस्थितिको खबर पुष्टि गरेका छन् । एक ट्विटर प्रयोगकर्ताले परेशलाई ट्याग गर्दै ट्वीटरमा सोधे, ‘परेश रावल सर के यो सत्य हो कि कार्तिक आर्यन ‘हेरा फेरी ३’ गर्दैछन् ?’ यसको जवाफमा उनले ‘हो यो सत्य हो’ भनेका छन ।

अक्षयले बताए फिल्म नगर्नुको कारण
अक्षय कुमारले पनि आफूलाई फिल्मको अफर आए पनि स्क्रिप्टबाट आफू सन्तुष्ट नभएको खुलासा गरेका छन् । हिन्दुस्तान टाइम्स लिडरशिप समिट २०२२ मा अक्षयले भने, “यति वर्षमा पार्ट ३ बन्न नसकेकोमा मलाई पनि दुःख लागेको छ । तर मैले भनेझैं, हामीले चीजहरू तोड्नु पर्छ । मलाई फिल्मको अफर आयो तर म स्क्रिप्टबाट सन्तुष्ट भइन ।”

अक्षयद्वारा फिल्म नगरेकोमा दुःख व्यक्त
अक्षय कुमारले थप भने, ‘मैले त्यो काम गर्नुपर्छ जुन मानिसहरूले हेर्न चाहन्छन् । त्यसैले म पछि हटें । म एक कदम पछि हटें । यो मेरो लागि मेरो जीवन र यात्राको एक हिस्सा हो । म यो गर्न नसकेकोमा पनि धेरै दुखी छु ।’

स्मरण रहोस्, ‘हेरा फेरी’ सन् २००० मा रिलिज भएको थियो र निकै सुपरहिट भएको थियो । यसका आइकोनिक क्यारेक्टरहरू अहिले पनि सबैले मन पराउँछन् । सन् २००६ मा रिलिज भएको सिक्वेल ‘फिर हेरा फेरी’ले पहिलो फिल्मको जादू कायमै राखेको थियो । अब फ्यानहरु यसको तेस्रो संस्करणको प्रतिक्षामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित