अहिलेसम्म प्रेममा परेकी छैन : गायिका एलिना चौहान

काठमाडाैँ । पछिल्लो समय चर्चामा रहेकी गायिका हुन्, ऐलिना चौहान् । सबै प्याटनमा गीत गाउन रुचाउने गायिका चौहान एकमात्र प्याटनमा गीत गाउँदा पछिसम्म चल्न गाह्राे हुन सक्ने बताउँछिन् । सांगीतिक क्षेत्रमा आउनुभन्दा पनि टिक्नुपर्ने चुनाैती रहेकाे उनी बताउँछिन् ।

न्यूज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै आफू समाजमा रहेको खराब तत्वसँग लड्न छुच्ची भएको उनले बताइन् । कभर गीत गाएर संगीत क्षेत्रमा आएकी एलिना सुरु-सुरु आफुले कभर गर्दा संगीत क्षेत्रकै व्यक्तिहरुले कभरे, बोक्रे कलाकार भनेर हेपेकाे कुराले उनलाइ निकै दु:ख लागेको बताइन् ।

संगीत क्षेत्रमा अहिलो चर्चाको शिखर पुग्नको लागि आमाको ठुलो हात रहेको एलिना बताउछिन् । लभ सङ्ग्सबाट सांगीतिक आकाशमा पसेकी एलिनाले प्रेमका लागि समय नभएको पनि बताइन् ।

‘घरमा विवाहको लागि समेत खासै फोर्स छैन, तर पनि ५ वर्षसम्म म विवाहको लागि सोच्दिनँ,’ उनले भनिन् । प्रेम प्रसंगबारे उनी खुलेरै बाेलिन्, ‘लाइफ पार्टनर छान्ने अधिकार बुबाआमाले आफैँलाई छाड्नुभएको छ ।

अहिलेसम्म प्रेममा परेकी छैन । लाइफ पार्टनर ‘म यस्तो उस्तो’ भन्ने भन्दा पनि मेरो करियरमा ‘सर्पोट’ गर्ने खालको मान्छेलाई छान्छु । अनुहार त बुढेसकाल लाग्दै जाँदा चाउरिँदै जाने कुरा त हुन् नि ।’

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित