मंसिर २५ गते आईतबार, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
धन कमाउने योग छ तथा फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ । काम बन्नाले सुखको अनुभव हुन्छ । रमाइलो दिन छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
काम बन्नाले सुखको अनुभव हुन्छ । नोकरीमा दिन सामान्य रहला । अनेक किसिमका फाइदा हुनेछ । अप्रत्याशित लाभ हुनेछ । अनेक किसिमका झमेलामा परिएला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
काममा समस्या देखिएला । काममा समस्या देखिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला । दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नु पर्ला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ । परोपकारका काममा पनि मन जानेछ । धन आर्जनमा राम्रो दिन छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला । टाढाको यात्राको पनि योग रहेको छ । फलिफाब हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ । अचानक कमइ हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । नसोचेको ठाँउमा खर्च हुन सक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । आफन्त मिलनले सुख दिनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्च भन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । साथै पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
बिहान काम बन्नेछ, बेलुका सामान्य तनाब होला । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । वादविवादको सामना गर्नु पर्ला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
पेशागत रुपमा समस्या देखिन सक्छ । केहि सुख केहि दुख हुनेछ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । जागिरको काममा डर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित