भिनेता सलोन बस्नेतको वैवाहिक समारोह बुधवारदेखि सकिएको छ । भिन्न–भिन्न स्थानमा गरिएको विवाहको चर्चा सामाजिक सञ्जाल र सञ्चार माध्यममा धेरै भयो ।

फिल्म क्षेत्रका अधिकांश परिचित अनुहार विवाहमा सहभागी भए । सलोनले एयरहोस्ट्रेस करिष्मा केसीसंग विवाह गरेका हुन् । लामो समय प्रेम सम्बन्धमा रहेर विवाह गरेका यी दुईको जोडी विवाह अगावै टिकटकमा हिट भैसकेको थियो ।

करिष्मालाई पनि मोडलिङ र अभिनयमा रुचि छ । उनको सामाजिक सञ्जाल नियाल्दा त्यस्तै देखिन्छ । साथै उनले म्युजिक भिडियोमा अभिनय समेत गरेकी छन् ।
तर, विवाहलगत्तै उनको ट्रोल बन्न थालेको छ । ब्याचलर पार्टीको एक तस्विर उनले आफ्नो सामाजिक सञ्जालमा सेयर गरिन् । जहाँ लेखिएको कुराले उनको ट्रोल बन्न थालेको हो ।
‘सेम पे-निस फरेभर’ लेखिएका कारण उनलाई विभिन्न प्रकारका कमेन्ट आएको देखिन्छ । फिल्मी ब्याकग्राउन्ड रहेको परिवारमा विवाह गरेकी उनले के अब त्यस्ता ट्रोललाई सहज स्विकार गर्लिन त ?
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post