चलचित्र भन्दापनि म्यूजिक भिडिओमा रूचाएकी अभिनेत्री स्वस्तिमा खड्का (फाेटाे फिचर)

चलचित्रको अभिनयले आफूलाई भन्दा गीतको भिडिओका कारण दर्शकले चिनेको अभिनेत्री स्वस्तिमा खड्काले बताएकी छन् ।

सामाजिक संजाल फेसबुकमा एक स्टाटसमा ‘साली मन पर्यो’ बोलको गीतको स्क्रिनसट राख्दै उनले लेखेकी छन्, ‘आज पनि कति दर्शकले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनिने अवस्था छ ।’

धेरै चलचित्रमा अभिनय गरे पनि अन्ततस् ५ मिनेटको गीतका कारण दर्शकमाझ चिनिएको दाबी गरेकी स्वस्तिमाले अभिनय गरेको ‘कुटुमा कुटु सुपारी दाना’ गीतले अहिलेसम्म युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीतको रेकर्ड राखेको छ ।

अभिनयबाट रजतपटमा पदार्पण गरेकी खड्काले म्युजिक भिडिओको भ्युजलाई आधार मानिरहँदा उनले अभिनय गरेका‘चिसो मान्छे’ लगायत चलचित्रलाई भने बिर्सिएकी छन् ।

उनका अनुसार अभिनयभन्दा महत्वपूर्ण उनका म्युजिक भिडिओहरू हुन् । म्युजिक भिडिओको सामुन्ने चरित्रको रूपमा निभाएको उनका अभिनय कमसल चिज हुन् ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित