टिकटकमा राम्रो फलोअर्स कमाएपछि म्युजिक भिडियोमा प्रवेश गरेका जुम्ल्याहा दिदी बहिनी प्रिज्मा र प्रिन्सी खतिवडा अहिले यही क्षेत्रलाई करिअर बनाउँदै अघि बढिरहेका छन् ।

उसो त, म्युजीक भिडियोमा पहिलेको जस्तो माग उनीहरुको अहिले देखिदैन । तर, पनि यी दुइले एकसाथ काम भने अगाडि बढाइरहेका छन् ।

गएको सोमबार सार्वजनिक भएको ‘तिम्रै नगमा’ बोलको गीतमा नायक आकाश श्रेष्ठसँग देखिएका यी दुइले चकलेटी नायकसँग काम गर्न पाउँदा खुशी व्यक्त गरे ।

उनीहरुलाई पछिल्ला म्युजिक भिडियोमा निर्देशकले एक अर्काको दुश्मनको रुपमा चित्रित गर्न थालेका छन् । यसमा प्रिज्मा र प्रिन्सी कथाले मागे अनुसार अभिनय गरेको बताउँछन् ।
प्रिज्मा केही समयदेखि मोडल सागर लम्सालसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । यी दुइले सार्वजनिक रुपमै प्रेम स्विकार नगरेपनि उनीहरुका फ्यान र मिडियाका लागि यो कुरा ओपन सेक्रेट जस्तै छ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post