‘पूजाका प्रेमी जस्तो सोझो अरु कोही छैन जस्तो लाग्छ’- शोभित बस्नेत

त्यसो त सकारात्मक कुराले होस् या विवादले होस् चर्चामा आइरहने नायिकामा पर्छिन् पूजा शर्मा। अलि बढी जसो पछिल्लो केही वर्षयता प्रेम सम्बन्धका कारण पूजा चर्चामा छिन् ।

कहिले कुन नायक सँग त कहिले कुन नायकसँग प्रेम सम्बन्धमा छिन् भन्ने गसिपका बीच पूजाले यस् वर्ष भने आफ्नो प्रेमि खुलाएकी छिन् । पूजा पछिल्लो समय युद्ध बानियाँको प्रेम सम्बन्धका कारण चर्चामा छिन् ।

सार्वजनिक सभा समारोहमा प्रेमीसँगै सहभागी हुने गरेकी छिन् पूजा। तर युद्ध भने मिडियामा बोल्ने गरेका छैनन् । युद्धले मिडियामा बोल्न अफ्ट्यारो मानेर हो या पूजाले बोल्न रोक लगाएर हो त्यो त उनीहरू नै जानुन् ।

उनीहरू यो प्रेम सम्बन्धलाई लिएर धेरै सेलिब्रेटी एवम् दर्शकहरूले विभिन्न प्रतिक्रिया दिइरहेका हुन्छन्। यसैबीच, निर्देशक, निर्माता एवम् कलाकार शोभित बस्नेतले चाहिँ यो जोडीको खुलेरै प्रशंसा गर्ने गरेका छन् ।

मिडियामा समेत शोभितले पूजाको जोडीको तारिफ गर्ने गरेका छन् । केही दिन अघि मात्रै एक टेलिभिजन कार्यक्रममा शोभितले पूजाको मात्रै नभएर उनका प्रेमी युद्धको समेत तरिफ गरे।

तारिफ मात्र नभएर आफुले चिनेमा व्यक्तिहरु मध्ये युद्ध जत्तिको सोझो मान्छे कोही नभएको शोभितले उक्त टेलिभिजन कार्यक्रममा खुलेरै दाबी गरे।

साथै पूजा र युद्धको जोडी एकदम मिलेको र उनीहरू छिट्टै विवाह बन्धनमा बाँधिन लागेको पनि शोभितले खुलाए। जे होस्, अन्यसँग नाम जोडिएपनि पूजाले भने युद्ध नै आफ्नो सच्चा प्रेमी भएको र युद्धसँगै विवाह हुने बताउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित