ललितपुर–३ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले विवाह जीवन यात्राको सुनौलो सुरुवात हो भने डिभोर्स पनि अप्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्यससहित नयाँ बिहानीको सुरुवात हो भनेकी छिन् ।
सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक कविता ती भावनाहरु समेट्दै सार्वजनिक गरेकी हुन् । राजधानीमा इन्गेजमेन्ट तोडिएपछि एक युवतीले केटाको घर अगाडि गएर गरेको आत्मदाहको घटनापछि लक्षित गरे जस्तो देखिने उक्त कवितामा तोसिमाले छोरी, तिमी नसहनु है तिमी नजल्नु है भन्दै कविता लेखेकी छिन्। यस्तो छ उनले लेखेको कविताः
छोरी,
तिमी नसहनु है|
छोरी,
तिमी नजल्नु है|
छोरी, म छु नि,
मलाई भन्नु है|
बरु ईज्जत जाओस्,
बरु बेईज्जत होस्,
बरु बिवाह टुटोस्,
बरु ईन्गेजमेण्ट टुटोस्,
छोरी आफैँलाई मात्र दोष नदिनु है,
छोरी तिमी नसहनु है,
छोरी, तिमी नजल्नु है|
यत्ति हरेक घरले भन्न सक्नुपर्छ|
विवाह टुट्दा… रिस्ता टुट्दा,
एक नारी र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ|
जसरी विवाह जिवन यात्राको सुनौलो सुरुवात हो,
त्यसरी नै डिभोर्स पनि अफ्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्य सहित नयाँ बिहानीको खोजि हो|
समाजले यति मात्र बुझिदिए पनि कुण्ठा र पिँजडामा बाँच्न वाध्य धेरै नारीहरुले यहि नेपाली आकाशमा सुन्दर चरी झैँ आफ्नो जिवनमा गन्तव्यको उडान भर्न पाउने थिए|
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post