यी ३ राशिमाथि रहनेछ शनिको कुदृष्टि, यी मुद्दा-मामिलामा रहनुस् सचेत

ज्योतिष शास्त्रमा शनिदेवलाई क्रूर ग्रह भनिएको छ किनकी शनिदेव स्वभावले क्रूर र न्यायप्रिय हुन्छन्। यिनलाई कर्मफलदाता पनि भनिन्छ। शनि देवले ढैय्या र साढेसातीमा दुष्कर्मी, अपराधी, अधर्मीलाई सम्पूर्ण शक्ति प्रयोग गरी कठोर दण्ड दिन्छन्।

पञ्चाङ्ग अनुसार शनि आउँदो १७ जनवरी सन् २०२३ मा मकर राशिबाट निक्लिएर कुम्भ राशिमा प्रवेश गर्नेछ। शनि यस राशिमा सन् २०२५ सम्म यानी २६ महिनासम्म रहनेछ।

शनिको यो राशि परिवर्तनले सबै १२ राशिमा ठूलो प्रभाव पार्नेछ। शनि स्वराशि कुम्भमा गोचर हुनेबित्तिकै केही राशिहरु शनिको साढेसाती र ढैय्याबाट मुक्त हुनेछन्।

त्यस्तै केही राशिमा साढेसाती र ढैय्या सुरु पनि हुनेछ। शनि गोचरको कारण सन् २०२३ देखि सन् २०२५ सम्मको समय कुम्भ राशिका लागि कठिनाईपूर्ण रहनेछ। त्यस्तै कर्कट र वृश्चिक राशि पनि शनि पीडित रहनेछन्।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
वैदिक ज्योतिष शास्त्र अनुसार शनिले प्रत्येक राशिमा अढाई वर्ष गोचर गर्दछ। जब शनि १७ जनवरीमा प्रवेश गर्नेछ तब कुम्भ राशिमा साढेसातीको सबैभन्दा कष्टकारी दोस्रो चरण सुरु हुनेछ।

मार्च २०२५ सम्म यहाँ बसेर शनिले तपाईलाई कष्ट दिनेछ। यसपछि साढेसातीको तेस्रो चरण हुनेछ। कुम्भ राशिका मानिसहरु २३ फेब्रुअरी २०२८ मा साढेसातीबाट मुक्त हुनेछन्। त्यस्तै मार्च २०२५ सम्म यी राशिका जातक धन, स्वास्थ्य र सम्बन्धको मामिलामा सतर्क रहनुपर्नेछ । रिसलाई नियन्त्रण गर्नुपर्छ। पैसा लेनदेन धेरै सावधानीपूर्वक गर्नु पर्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
कुम्भ राशिमा शनिको गोचरबाट मकर राशिमा साढेसातीको तेस्रो चरण सुरु हुनेछ। यस अवधिमा मकर राशिका व्यक्तिहरुले सावधानी अपनाउनुपर्छ। यिनको शुभ दिन मार्च २०२९ बाट सुरु हुनेछ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
कुम्भ राशिमा शनिको गोचरले मीन राशिका लागि साढेसाती सुरु हुनेछ। मीन राशिमा साढे सात वर्षसम्म शनिदेवको नराम्रो नजर रहनेछ। शनिदेवको नराम्रो नजरबाट बच्न र उनलाई प्रसन्न पार्न उपायहरू अपनाउनु पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित