‘अर्जेन्टिना हारोस ’ – रोनाल्डो

फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । सेमिफाइनलको अघिल्लो दिन ब्राजिलका दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए ।

जारी प्रतियोगितामा लिओनेल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले स्पेनिस पत्रिका मार्सासँग यसो भने, ‘म पूरै ब्राजिलले के सोच्छ भन्न सक्दिन, तर म आफ्नो धारणा भन्न सक्छु ।’

‘म पक्का यस्तै हुन्छ भन्न त सक्दिन । यदि अर्जेन्टिना जित्छ भने म मेस्सीको लागि खुसी हुन्छु । तर तपाईलाई ब्राजिल र अर्जेन्टिनाबीच लामो समयदेखि प्रतिस्पर्धा रहेको थाहा नै छ । त्यसैले अर्जेन्टिना जित्दा खुसी हुन्छु भन्न सक्दिन । अर्जेन्टिनाले जितोस् भन्ने चाहन्न ।’

‘तर फुटबल मेरो लागि प्रेम हो । म जुनुसुकै टोलीले जितेपनि रमाउनेछु ।’ विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल एक आपसमा भिड्ने आँकलन गरिएको थियो ।

तर क्रोएसियाले ब्राजिललाई टाइब्रेकरमा पराजित गरेपछि उक्त खेल हुन सकेन । आजको खेलमा क्रोएसिया र अर्जेन्टिनाको विजेताले फाइनलमा फ्रान्स र मोरक्कोबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित