रामेछाप । रामेछाप नगरपालिका ५ रामपुरको साइटारस्थित विवाहको भोज खाएपछि ३४ जना मानिसहरू अचानक बिरामी परेका छन् । भोज खाएपछि उनीहरूलाई तारन्तार झाडाबान्ता हुने र पेट दुख्ने समस्या देखिएपछि उनीहरूलाई विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा लगिएको छ ।
जिल्ला अस्पताल रामेछापका अनुसार बिरामी परेकामध्ये १४ जनालाई रामेछाप जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । अरु २० जनाको सहरी स्वास्थ्य केन्द्र रामपुरमा उपचार भइरहेको छ ।
जिल्ला अस्पतालमा पुगेका बिरामीमा इहिस्टोलाइटीका नामको किटाणु फेला परेको छ । उक्त किटाणुले आउँ र पखाला गराउने गर्छ । पेट दुख्ने र तत्कालै आउँसहितको पखाला लाग्ने समस्या देखिएका बिरामीहरुलाई जिल्ला अस्पतालमा उपचार थालिएपछि क्रमिक सुधार हुँदै गएको छ ।
विवाहमा भोज खानेहरूमध्ये अधिकांशमा उक्त समस्या देखिएको थियो । अरु सामान्य बिरामी प्राथमिक उपचारपछि घर फर्केका छन् । सोमबार विवाहको भोजको रुपमा उनीहरूले बंगुरको मासु खाएको बताइएको छ ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post