क्राेएसियासँग पुरानाे बदला लिँदै अर्जेन्टिना छैटौं पल्ट विश्वकपकाे फाइनलमा

लिओनल मेसीकाे उत्कृष्ट प्रदर्शन तथा जुलियान अल्भारेजकाे २ गाेलकाे सहयाेगले क्राेएसियाविरुद्ध गत विश्वकपकाे पराजयकाे बदला लिँदै अर्जेन्टिना छैटौं पल्ट विश्वकपकाे फाइनल प्रवेश गरेकाे छ।

मंगलबार राती सम्पन्न खेलमा ३४ मिनेटमा लिओनल मेसीले पेनाल्टीमार्फत गाेल गर्दै टिमलाई अग्रता दिलाएका थिए। बाँकी दुई गाेल अल्भारेजले गर्दा मेसीकाे पास महत्वपूर्ण रह्याे।

अर्जेन्टिनाले ३–० गाेल अन्तरले क्राेएसियालाई पराजित गरेकाे हाे। रुसमा चार वर्षअघि भएकाे विश्वकपमा अर्जेन्टिना ३–० गाेल अन्तरले नै क्राेएसियासँग पराजित भएकाे थियाे।

उनले ३९ मिनेटमा हाफ नजिकैबाट दिएकाे लामाे पासमा अलभारेजले उत्कृष्ट गाेल गरे। क्राेएसियाले सुरुकाे १५ मिनेट आक्रामक खेल प्रस्तुत गरेकाे थियाे। त्यसपछि अर्जेन्टिना खेलमा फर्कियाे।

यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित