अभिनेता सलोन बस्नेत र पत्नी करिश्मा केसी अभिनित म्यूजिक भिडिओ ‘राजा रानी’ ट्रेन्डिङमा परेको छ । सलोनदम्पतीकै विवाहको भिडिओ खिचेर बनाइएको उक्त म्यूजिक भिडिओ रिलिजको चार दिनमै १० लाखभन्दा बढी दर्शकले हेरेका छन् ।
टिकटकमा पनि गीतलाई उत्तिकै रुचाइएको छ । आमेश भण्डारीको स्वर रहेको यो गीतमा सलोनको रिसेप्सनमा सार्वजनिक गरिएको थियो । सलोनलाई राजा र करिश्मालाई रानीको रूपमा चित्रित गरिएको ‘सलोमा’ वेडिङ भिडिओमा उनीहरूको विवाहलाई उतारिएको छ ।
बेहुला बेहुलीको पहिरनमा सिंगारिएकोदेखि, करिश्मा भित्रिँदासम्मको दृष्य म्यूजिक भिडिओमा देख्न सकिन्छ । गीतमा आमेशलाई गायिका सुनिता थेगिमले साथ दिएकी छन् भने आमेशकै शब्द रचना तथा संगीत रहेको छ ।
सार्वजनिक गीत केही समयसम्म युट्युब ट्रेन्डिङको १३ औं स्थानमा थियो । अहिले भने १९ओँ स्थानमा पुगेको छ। भिडिओको निर्देशक र निर्माता सलोन आफैँ छन् । आमेश र सलोन मिल्ने साथी हुन् ।
सिनेमा ‘मेला’ मा एकसाथ काम गरेपछि उनीहरूबीच मित्रता गाँसिएको थियो । सोही मित्रताको चिनो स्वरूप विवाहको उपहार बताउँदै आमेशले सलोनको लागि ‘राजारानी’ गीत लेखेका हुन् ।
यो पनि पढ्नुहोस
किन रुनु भएको ? प्रश्न सोध्यौं ‘नेताले छोराछोरीलाई पैसा दिएर विदेश पढ्न पठाउँछन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन नजिकै भुइँमा बसिरहेका सर्लाही गोरैताका उपेन्द्र महराले भने, ‘उनीहरूका छोराछोरी पढेर वैज्ञानिक हुन्छन्। हाम्रो छोराछोरीलाई भारी बोक्न खाडी पठाउनुपर्छ। कस्तो अत्याचारी सरकार।’

Discussion about this post