श्रीमान सडक दुर्घटनामा परी कोमामा गएपछि उपचारका लागि यी महिला मोमो बेचेर पैसा जुटाउँदै

एक महिलाका श्रीमान सडक दु’र्घटनामा परी कोमामा गएका छन् । उनी विगत तीन महिनादेखि अस्पतालमा भर्ना छन् । उपचारका लागि पैसा जुटाउन महिलाले आफ्नो घर पनि बेचिन् । तैपनि, काम नहुँदा उनले ह्यान्डकार्टमा फास्ट फूड मोमोज आदि बेच्न थालिन । यसबाट जति पैसा आउँछ, त्यो श्रीमानको उपचारमा खर्च गर्छिन् ।

चिनियाँ सामाजिक सञ्जालमा यी महिलाको निकै प्रशंसा भइरहेको छ ।साउथ चाइना मर्निङ पोस्टका अनुसार नी उपनाम भएकी यी महिला चीनको दक्षिणपूर्वी प्रान्त जियाङ्सीकी बासिन्दा हुन्।

सन् २०१६ मा उनको विवाह भएको थियो । उनीहरुका दुई सन्तान छन् । नियका श्रीमानको तीन महिनाअघि कार दु’र्घटना भएको थियो । त्यसयता उनी अस्पतालमा भर्ना छन् । यसैबीच उनको अवस्था बिग्रँदै गएको र उनी कोमामा गए ।

दु’र्घटना पछि, नीको श्रीमानको तीनवटा अपरेशन भयो जसमा धेरै पैसा खर्च भयो। बढ्दो मेडिकल लागतको बीचमा नीले आफ्नो अपार्टमेन्ट बेच्नु पर्यो। पछि घर चलाउन र उपचारका लागि पैसा जुटाउन नीले स्ट्रीट फूड पसल खोलिन् ।

अहिले टिकटकमा उनको संघर्षको कथा भाइरल भइरहेको छ । डिसेम्बर ७ मा गरिएको पोष्टमा नीले लेखेकि छिन्– जतिसुकै गाह्रो भए पनि मलाई चाहिएको कुरा पाउँछु । म उसलाई माया गर्छु। म कडा परिश्रम गरेर उनीहरूको रक्षा गर्नेछु। म उसको फर्किने प्रतिक्षामा छु । म एक वर्ष, दुई वर्ष, तीन वर्ष, बर्षाै बर्ष पर्खिरहनेछु।

श्रीमान्को स्वास्थ्यमा सुधार आएको, छिट्टै निको हुने अपेक्षा गरिएको उनले बताएकी छन् । उपचारमा हालसम्म ७० लाखभन्दा बढी खर्च भइसकेको छ भने आर्थिक अवस्था त्यति बलियो छैन । श्रीमान्प्रति बढी उत्तरदायी भएको भावनाको लागि नीको कडा प्रशंसा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित