शनि कुम्भ राशिमा प्रवेश गर्ने; हुनेछन् यस्ता उथलपुथल, यी राशिका मानिस सतर्क रहन आवश्यक !

सन् २०२२ पछि अब नयाँ वर्षमा धेरै ग्रहहरूको राशि परिवर्तनको बारेमा थाहा हुँदैछ। अब शनिले साढे दुई वर्षपछि मकर राशि छोडेर नयाँ वर्षमा कुम्भ राशिमा प्रवेश गर्दैछ।

सन् २०२५ सम्मका लागि शनि कुम्भ राशिमा प्रवेश गर्दा हरेक राशिका मानिसको जीवनमा विभिन्न प्रभाव पर्ने पक्का रहेको छ। जुन राशिमा शनिको साढेसाती चलिरहेको छ, ती मध्ये केही राशिमा यो समाप्त हुनेछ भने ती राशिमा समाप्त भएर अन्य राशिहरूमा सुरु हुने।

जब शनि मकर राशिमा प्रवेश गरेको थियो, सारा विश्व कोभिड–१९ को रोगसँग लडिरहेको थियो, अब नयाँ वर्ष २०२३ मा शनिले कुम्भ राशिमा आएर के प्रभाव पार्ने भन्ने पनि जान्नु पनि जरुरी छ।

शनि कुम्भ राशिमा प्रवेश गर्दा मकर, कुम्भ र मीन राशिमा साढे सातीको प्रभाव देखिनेछ। जुन राशिका मानिसमा यसको दोस्रो चरण चलिरहेको हुनेछ, उनीहरुले यस समयमा सबैभन्दा धेरै समस्याको सामना गर्नुपर्नेछ।

यस बाहेक मिथुन र तुला राशिले अब शनिको ढैय्याबाट मुक्ति पाएपछि राहतको सास फर्नेछान्न। दुवै राशिको लागि सुख र समृद्धिले पर्खिरहेको छ।
योसँगै कर्कट र वृश्चिक राशिका मानिसमा भने त्यसपछि शनिको ढैय्या सुरु हुनेछ।

त्यसैले यी राशि भएका व्यक्तिहरूले अलिकति सतर्कता अपनाउनुपर्छ। शनिको साढेसातीको पहिलो चरणमा यसले व्यक्तिको आर्थिक अवस्थालाई असर गर्छ भने तेस्रो चरणमा स्वास्थ्यको दृष्टिले पीडादायी हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित